Home » स्रोत नखुलेको सुन, चाँदी र नगद सहित १ जना भारतिय नागरिक पक्राउ

स्रोत नखुलेको सुन, चाँदी र नगद सहित १ जना भारतिय नागरिक पक्राउ

by Pokhara City

पोखरा
भारत पश्चिम बंगाल मेदिनिपुर दासपुर-११ घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.२ मोहरिया टोल बस्ने सुरजित भौमिकले घर भाडामा लिई उक्त घरमा अवैध सुन ल्याई विभिन्न गरगहना बनाई वेचविखन तथा कारोवार गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा मिति २०८०।१०।२९ गते अन्दाजी १८ः४० बजे देखि मिति २०८०।११।०१ गते विहान ०४।३० वजेको समयसम्म जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.२ मोहरिया टोलमा रहेको कविन्द्र प्रसाद श्रेष्ठको घर भाडामा लिई निज सुरजित भौमिकले भाडामा लिएको उक्त घरको विभिन्न कोठामा लुकाई छिपाई राखेको अवस्थामा निजले तत्काल स्रोत खुलाउन नसकेको विभिन्न किसिमका सुनका गरगहना, काचो सुन, चाँदी र नगद सहित निज सुरजित भौमिकलाई प्रहरी टोलीले नियन्त्रणमा लिई अनुसन्धान भइरहेको । थप अनुसन्धान तथा आवश्यक कानूनी कारवाहीको लागि सक्कलै खानतलाशी वरामदी मुचुल्का, वरामद सुन, चाँदी, नगद, बरामद सामान तथा निज सुरजित भौमिकलाई राजस्व अनुसन्धान विभाग, पुल्चोक, ललितपुर पठाउने तयारी भइरहेको ।

वरामद सुन, चाँदी तथा नगदको विवरण (परिमाण पथ्थर, लाहा र क्रिस्टल बाहेक)
विभिन्न किसिमका सुनका गरगहनाहरू-५ केजी २०० ग्राम,
काँचो सुन– ९९९।९० ग्रामको एक ढिका (विस्कुट) १ थान, ५० ग्रामको १ ढिक्का (विस्कुट) १ थान
चाँदी – ६ केजी
नगद – रु.६२,८१,०००।– (बैसठ्ठी लाख एकासी हजार)
मोवाइल – १ थान
आधार कार्ड – १ थान
विभिन्न बैंकका चेकहरू – १३ थान
डायरी – २ थान
रजिष्ट्ररहरू – ७ थान
नियन्त्रणमा लिएको व्यक्तिको विवरण
भारत पश्चिम बंगाल मेदिनिपुर दासपुर-११ स्थायी घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.२ मोहरिया टोल बस्ने वर्ष ४० को सुरजित भौमिक ।

You may also like