Home » दोस्रो संस्करणको सोंथर बेँसी टारी बजार मेला आज बाट शुरु

दोस्रो संस्करणको सोंथर बेँसी टारी बजार मेला आज बाट शुरु

by Pokhara City

कास्की

फुटबल तर्फ ३० टीम सहभागी कास्कीको मादी गाउँपालिका वडा नम्बर ८ नागीधार पाखुरीकोट गाउँ र १० भाचोक गाउँको संगम बेँसीको रुपमा रहेको सोंथर बेँसीमा दोस्रो सस्करणको सोंथर बेँसी टारी बजार कृषि , पर्यटन , संस्कृति तथा खेलकुद मेलाको सम्पुर्ण तयारी पुरा भइ आज बाट शुरु हुँदैछ । सोंथर बेँसी तथा त्यस क्षेत्र को प्रवर्धन, कृषि र पर्यटन भन्ने मुल नाराका साथ सोंथर बेँसी विकास समितिले मेला गर्न लागेको हो । मेलाको औपचारिक समुदघाटन गन्डकी प्रदेश सांसद माननीय सरस्वती गुरुङ्ले गर्नुहुने र समापन संघिय सांसद माननीय शिब नेपालीले गर्नुहुने कार्यक्रम रहेको समितिका अध्यक्ष तथा मादी ८ का जनप्रतिनिधि ओम प्रकाश गुरुङ्ले जानकारी दिनुभयो ।



मेलामा राखिएको खुल्ला 5A साइड फुटबल प्रतियोगितामा लमजुङको ४ टीम सहित कास्कीको मादी गाउँपालिका र पोखराको गरी ३० टीम सहभागी रहेको फुटबल खेल संयोजक दिव्यशक्ती गुरुङ्ले जानकारी दिनुभयो । फुटबलमा प्रथम र दृतिय हुने टीमले क्रमश ४० र ३० हजार सहित ट्रफी ,मेडल र प्रमाणपत्र पाउनेछन् । मेलामा रास्ट्रीय तथा स्थानीय कलाकारहरु चोलेन्द्र पौडेल, अ्मर धिताल, उषा गुरुङ, सावित्री शाही, एलिना गुरुङ, तारा शाही, लाल बहादुर गुरुङ, सुर्य न्यौपाने, सिता परियार, इन्द्र प्रसाद सुवेदी, खिमलाल अधिकारी लगायतको गायन तथा दोहोरी प्रस्तुती साथै स्थानीय गाउँ तथा विधालयहरुको सांस्कृतिक नाच प्रतियोगिता समेत रहेको सांस्कृतिक संयोजक डील्लीराज गिरीले जानकारी दिनुभयो ।

मेला करिव ५ हजार जनाले अवलोकन गर्ने अपेक्षा गरिएको छ । मेला सम्पन्न गर्न ५ लाख खर्च लाग्ने अनुमान गरिएको समितिका उपाध्यक्ष तथा अर्थ संकलन उपसमितिका संयोजक आस बहादुर गुरुङ्ले बताउनुभयो । मेलामा सोंथर बेँसी लगायत त्यस क्षेत्र मा उत्पादित कृषि वस्तु तथा पशुचौपायाहरुको प्रदर्शनी एवम् बिक्रि गरिने समितिका कार्यकारी सदस्य एवम् कृषि पशु प्रदर्शन उपसमितिका संयोजक नन्दलाल अधिकारीले बताउनुभयो । कृषि वस्तु साथै खसी , बोका , गोरु को प्रदर्शन , साटासाट साथै बिक्रि गरिने छ । भाचोक, नागीधार, पाखुरीकोट, यार्मा, लुम्दी, रबैडाँडा, ढोडेनी, सोंथर बेँसी लगायत गाउँका किसानहरु प्रदर्शनका लागी सहभागी हुनेछन् |



मेलामा पहिलो पटक गोरु जुधाई प्रतियोगिता राखिएको छ । प्रथम हुनेलाई नगद ६ हजार साथमा प्रमाणपत्र र दोस्रो हुनेलाई नगद ४ हजार र प्रमाणपत्र दिइनेछ । पहिलो पटक हुन लागेको गोरु जुधाई प्रतियोगिता प्रति दर्शकहरुको निकै चासो र उत्साह देखिएको संयोजक अधिकारीले बताउनुभयो । त्यस्तै शैक्षिक कार्यक्रमहरु तर्फ कक्षा १ देखि ३ सम्मका विधार्थीहरुका लागी राखिएको खुल्ला पढाइ प्रतियोगिता , ४ देखि ८ कक्षा सम्मका विधार्थीहरुका लागी राखिएको ‘सोंथर बेँसी लम्तरी पर्यटन प्रवर्धन’ विषयक वक्तित्वकला प्रतियोगितामा सेवामिलन आवि भाचोक, जनकल्याण मावि मकैखोला, प्रभात आवि पाखुरीकोट नागीधार, दिपज्योती आवि पाखुरीकोट, नारायण आवि रबैडाँडा, नवप्रभात आवि सुन्दरबेँसी लगायत विधालय का विधार्थीहरु सह्भागी भएको शैक्षिक कार्यक्रम संयोजक प्र अ इन्द्र प्रसाद सुवेदीले बताउनुभयो ।

मेलालाई सफल पार्न मादी गाउँपालिकाको कार्यालय साथै विभिन्न संघ संस्थाहरुले सहयोग गर्ने भएको छ भने स्थानीय गाउँका देश विदेशमा रहनुहुने गाउँबासीहरुले आर्थिक सहयोग समेत गर्नुभएको छ । त्यस्तै सोंथर बेँसी मेला तथा त्यस क्षेत्रको कृषि तथा पर्यटन प्रवर्धनका लागी कृषि ज्ञान केन्द्र कास्की, भेटनरी अस्पताल तथा पशु विज्ञ केन्द्र कास्की, गन्डकी प्रदेशका कृषि तथा पर्यटन मन्त्रालयहरु, नेपाल पर्यटन बोर्ड, टान, एक्याप, स्थानीय वडा कार्यालयहरु लगायत संग सहकार्य समेत गरिएको छ । त्यस्तै मेलालाई सफल पार्न गाउँ र पोखरामा समेत अन्तरक्रिया तथा छलफल कार्यक्रमहरु गरिएको समितिका दृतिय उपाध्यक्ष दिर्गमान गुरुङ्ले बताउनुभयो ।

‘३५ वर्स अघि त्यस भेककै निकै प्रख्यात रुपमा रहेको सोंथर बेँसी मेला विविध कारण स्थगित भएपछि पुन थप परिस्कृत गर्दै शुरुवात गर्दा स्थानीयमा छुट्टै खुसी र उत्साह छ, ‘ सोंथर बेँसी विकास समितिका अध्यक्ष तथा मादी ८ का जनप्रतिनिधि ओम प्रकाश गुरुङ्ले बताउनुभयो , ‘मेला लाई सभ्य, भब्य र सफल बनाउन सबैबाट सहयोगको अपेक्षा गरेका छौँ ।’ सोंथर बेँसी तथा त्यस आसपास क्षेत्र लाई कृषि र पर्यटनका रुपमा अगाडी बढाउने उदेश्यले सोंथर बेँसी विकास समिति जिल्ला प्रशासन कार्यालयमा दर्ता गराइ सोहि अनुसार समिति अगाडि बढिरहेको गुरुङ्ले बताउनुभयो ।

सोंथर बेँसी बाट भाचोक गाउँ हुँदै लम्तरी, सबुपोखरी जस्ता धार्मिक तथा एतिहासिक ठाउँहरु भएर २ दिनको ट्रेकमा क्रपुडाँडा पुग्न सकिनेछ । क्रपुडाँडा बाट गुरुङ समुदायको उदगम स्थल क्व्होंलासोंथर साथै पवित्र धार्मिक तिर्थस्थल समेत पुग्न सकिनेछ । त्यस्तै भाचोक सोंथर बेँसी हुँदै नागीधार रबैडाँडा पोसी गाउँ भएर लमजुङको ठुला गाउँहरु सिङ्दी पसगाउँ गिलुङ १ दिनमा हिडेर सजिलै पुग्न सकिनेछ भने सोंथर बेँसी बाट कास्कीको पर्यटकीय गाउँ याङ्जाकोट समेत १ दिनको ट्रेकमा सजिलै पुगिनेछ । सोंथर बेँसी मेला पुगेका अतिथि तथा खेलाडीहरुलाई खाना बस्नका लागी होटेल तथा गोठहरु समेत बनाइएको छ । साथै सोंथर बेँसीमा हाल फार्महाउस र केहि होमस्टे समेत सन्चालनमा रहेका छन् ।

फार्महाउसमा बसेर नजिकै बगेको वार्दी खोलामा पौडी खेल्दै दुवाली थुनेर माछा मार्दै आनन्द लिन सकिनेछ । नजिकै टारी खेतमा गोठ समेत रहेकाले गोठमा बसेर खिर खाने जस्ता अनुभव लिन मिल्छ । पोखरा २६ बिजयपुर बाट कालिका सौरे भगवतीटार थुम्सीकोट मकैखोला कयारे ढोडेनी लुम्दी गाउँ हुँदै ३० किमिमा बाइक, स्कुटर, स्कारपियो, जीप, सार्वजनिक बस लगायत सवारी साधनमा सोंथर बेँसी सजिलै पुगिनेछ । पोखरा १३ भद्रकाली बाट काहुँखोला , भैंसे, तारकाङ्बेशी, भगवतीटार, सैमराङ, वार्चोक, पुरानोभाचोक , भाचोक गाउँ हुँदै २८ किमिमा सजिलै पुगिन्छ । त्यस्तै पोखरा ३१ बेगनास बाट स्याङ्खुदी, सौरे , भगवतीटार , थुम्सीकोट ,मकैखोला हुँदै समेत पुगिन्छ । थुम्सीकोट बाट पैदल यात्रा गर्ने हो भने वार्दी खोलाको तिरैतिर हिडेर १ घन्टामा सोंथर बेँसी पुग्न सकिनेछ ।

You may also like