पोखरा
जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.०९ नयाँबजार स्थितमा रहेको Blue Home Decor नाम गरेको पसलमा बिभिन्न सरकारी कार्यालयहरु, वडा कार्यालयहरु समेतका छापहरु तथा जंगली जनाबर जरायोको सिङ समेत लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा मिति २०८०।११।०२ गते अन्दाजी २०:०० बजेको समयमा वडा प्रहरी कार्यालय बैदाम र लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखराबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले विभिन्न सरकारी कार्यालयका छाप, वडा कार्यालयका छाप, संघ संस्थाका छाप तथा विभिन्न व्यक्तिको नाममा रहेका छाप गरी २४ थान छापहरु र जरायोको जस्तो देखिने सिंङ २ थान सहित जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.१९ पुरनचौर घर भई ऐ.९ नयाँबजार बस्ने बर्ष २८ को सलिश बास्तोला, ऐ.ऐ. ९ चिफ्लेढुंगा बस्ने वर्ष २५ को सुजन गिरी र ऐ.ऐ. ९ बस्ने वर्ष २९ विवेक श्रेष्ठलाई उक्त छापहरु बनाउन प्रयोग भएको KEC लेखेको मेसिन थान १, HITECH लेखेको मनिटर थान १, ZILLION लेखेको CPU थान १ सहित बरामद गरी निजहरुलाई पक्राउ गरी सम्मानित कास्की जिल्ला अदालतबाट लिखत सम्बन्धी कसुरमा दिन १० म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको ।
वरामद भई आएका जरायोको जस्तो देखिने सिङ थान २ र निज व्यक्तिहरुलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि डिभिजन वन कार्यालय कास्कीमा पठाईने ।