पोखरा
जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको संयुक्त प्रयासमा मिति २०८०।०५।२५ गते देखी स्वरूप परिवर्तन (Modified) गरी समाजमा होहल्ला मच्चाउँदै हिँड्ने, ध्वनी प्रदुषण गर्ने, साईलेन्सर पाईपबाट आगो समेत निकाल्ने मो।सा।हरू नियन्त्रणमा लिई कारवाही गर्दै आई रहेकोमा मिति २०८०।११।२० गतेसम्म ६८१ वटा मो।सा। नियन्त्रणमा लिई कारबाही गरिएको र जरिवाना रू.७,४२,७००।( संकलन गरिएकोमा उक्त मो.सा.हरुको स्वरुप परिवर्तन गर्ने कार्यमा संलग्न ८ जना वर्कसप संचालकहरुलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी अनुसन्धान प्रकृया अगाडी बढाएको ।
पक्राउ व्यक्ति तथा वर्कसपको विवरण
१. जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. ८ सृजना चोक स्थित रहेको 360 Motors नाम गरेको वर्कसपका संचालक वर्ष २५ का सुसिल भुजेल ।
२.जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. ८ सिमलचौर स्थित रहेको Pokhara Customs नाम गरेको वर्कसपका संचालक वर्ष ३७ का सागर झाक्री ।
३.जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. ८ सिमलचौर स्थित रहेको Boom Enfield service center का संचालक वर्ष २३ का मोहम्मद रुस्तम ।
४.जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. ९ नयाँबजार स्थित रहको Royal Enfield Showroom का संचालक वर्ष ३९ का सुक बहादुर गुरुङ ।
५.जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. १६ लामाचौर स्थित रहो ऋजबगमजबचथ Chaudhary Motorcycle Workshop का संचालक वर्ष ३२ का महेन्द्र चौधरी ।
६.जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. ११ रानिपौवा स्थित रहेको New Deep Jyoti Auto Parts का संचालक वर्ष २१ का मन्जर नासिम ।
७.जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. ५ मालेपाटन स्थित रहेको Classic Motorcycle का संचालक वर्ष ३६ का विनोद वि।क। ।
८.जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. ११ रानिपौवा स्थित रहेको Dipak Workshop का संचालक वर्ष २९ का सन्दिप भगत ।