कास्की
सम्मानित कास्की जिल्ला अदालतको मिति २०८०।०८।०७ गतेको फैसलाले ज्यान सम्बन्धी कसूर मुद्दामा १२ वर्ष ४ महिना १३ दिन कैद सजाय र रू.१,२५,०००।– ( अक्षरुपी एक लाख पच्चिस हजार) जरिवाना फैसला भई हालसम्म फरार रहेका जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.२० लामाडाँडा बस्ने बर्ष ३० का डिल बहादुर गुरुङ भन्ने प्रिमस बहादुर गुरुङलाई यस जिल्ला प्रहरी कार्यालय कास्की मातहत वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले आज मिति २०८०।११।२३ गते जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.११ काँहुखोला स्थित पक्राउ गरी सम्मानित अदालतमा आवश्यक कारबाहीको लागि बुझाइएको छ ।