Home » स्वरूप परिवर्तन गरी ध्वनी प्रदुषण गर्ने सवारी साधन चलाउन निषेध गरिएको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोध

स्वरूप परिवर्तन गरी ध्वनी प्रदुषण गर्ने सवारी साधन चलाउन निषेध गरिएको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोध

by Pokhara City

कास्की

जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको संयुक्त प्रयासमा मिति २०८०।०५।२५ गते देखी स्वरूप परिवर्तन Modified गरी समाजमा होहल्ला मच्चाउँदै हिँड्ने, ध्वनी प्रदुषण गर्ने, साईलेन्सर पाईपबाट आगोको झिल्का समेत निकाल्ने मो।सा।हरू नियन्त्रणमा लिई कारवाही गर्दै आई रहेको व्यहोरा यहाँहरूमा जानकारी नै छ ।

स्वरुप परिवर्तन गरी सवारी साधन चलाउँदा दुर्घटना हुने, चर्को आवाजले ध्वनी प्रदुषण हुने, बिरामी, बृद्धबृद्धा, बालबालिका, विद्यार्थीहरु तथा संवेदनशील क्षेत्र ९स्कूल तथा अस्पताल० मा प्रत्यक्ष असर गर्ने गर्दछ ।



स्वीकृति नलिई सवारी साधनको साईलेन्सर, सिट, रंग, स्वरूप, नम्बर प्लेट, लुकिङ ग्लास, सक, ह्याण्डल, ईन्जिन, च्यासिसमा परिवर्तन गर्ने वा ध्वनी हुने खालका पार्टपुर्जा जडान गरेमा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ बमोजिम कडा कारवाही हुने व्यहोरा सबैमा सूचित गरिन्छ । कास्की जिल्ला ध्वनी प्रदुषण निषेधित जिल्ला समेत भएकोले ध्वनी प्रदुषण गर्ने सवारी साधनलाई तत्कालै नियन्त्रणमा लिई प्रचलित कानून बमोजिम सख्त कारवाही गरी अनधिकृत रुपमा जडान गरिएका त्यस्ता पार्टपुर्जा जफत हुने र जडान गर्ने वर्कसप धनी र जडान गर्ने व्यक्तिलाई समेत कानून बमोजिम कारवाही हुने हुँदा कोही कसैले ध्वनी प्रदुषण गरी सवारी साधन चलाएको वा स्वरूप परिवर्तन गरेको देखेमा जिल्ला प्रहरी कार्यालय कास्कीको सम्पर्क नम्बर – १०० वा जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको सम्पर्क नम्बर – १०३ मा टेलिफोन गरी जानकारी गराउनु हुन समेत अनुरोध छ ।

You may also like