Home » परिश्रमी प्रतिभा पुरस्कारबाट स्याङ्जाकी गायत्री लम्साल सम्मानित हुँदै

परिश्रमी प्रतिभा पुरस्कारबाट स्याङ्जाकी गायत्री लम्साल सम्मानित हुँदै

by Pokhara City

पोखराः

विषेशत:नेपाली हाँस्यव्यंग्य साहित्यमा योगदान दिने साधकलाई प्रेरित गर्ने उद्देश्यले स्थापित परिश्रमी प्रतिभा पुरस्कारबाट चिन्नेवास २ स्याङ्जा निवासी गायत्री लम्साललाई सम्मानित गरिने भएको छ। नेपाली हाँस्यव्यंग्य विधामा पाँच ओटा कृति प्रकाशन गरिसकेकी गायत्रीको एक कविता सङ्ग्रह पनि प्रकाशित छ।

साहित्य शृङ्खला पोखराका सल्लाहकार तथा प्रगतिशील साहित्यकार नारायण परिश्रमीद्रारा स्थापित उक्त पुरस्कार साहित्य शृङ्खला पोखराको व्यवस्थापनमा २०८०चैत्र ३ गते प्रदान गरिने सूचना प्रतिभा छनोट समितिका संयोजक तारा तिमिल्सिनाले दिनुभयो। पुरस्कार राशी नगद रु दसहजार र साथमा सम्मानपत्र पनि प्रदान गरिने छ। उक्त कार्यक्रममा संस्थाका सल्लाहाकार साथै शृङ्खला स्थापना कालदेखि सहयोगी भूमिका निर्वाह गर्दै आउनुभएका तथा साहित्य शृङ्खला पोखराले प्रकाशन गर्दै आएको आलोक शृङ्खलाको प्रकाशनमा आफ्नो अमूल्य योगदान दिनुभएका प्रगतिवादी लेखक एवम् दर्शन विधाका अग्रणी व्यक्तित्व रामराज रेग्मीलाई पनि साहित्य शृङ्खला पोखराले सम्मान प्रदान गर्ने भएको छ।

You may also like