Home » दोस्रो वडा अध्क्षय कपको उपाधी सृर्जनजशील क्लबलाई

दोस्रो वडा अध्क्षय कपको उपाधी सृर्जनजशील क्लबलाई

by Pokhara City

पोखरा ,१२ चैत्र
बासकोटमा जारी दोस्रो सेभेन एसाइड वडा अध्क्षय कप २०८० को उपाधी सृर्जनशील क्लब ग्रीनले हात पारेको छ । आईतबार भएको फाइनल खेलमा लामागाउँ एफसी ए लाई पेनाल्टी सुटआटमा हराउदै नगद ५० हजार शिल्ड ,ट्रफि , मेडल र प्रमाण प्रत्र प्राप्त  ग¥यो । दोस्रो भएको लामा गाउँले नगद ३० हजार ट्रफि मेडल प्रमाणपत्र पाएको थियो ।
गत वर्षको विजेता रहेको लामागाउँलाई हराउदै आयोजकको क्लबले कप जितेको हो ।

फाइलन खेलको समापन कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका २४ कास्कीकोटका वडा अध्क्षय भरत वहादुर अधिकारीले कास्कीकोटले राम्रो खेलाडीहरु उत्पादन गरीरहेको बताए ।

उनले भने , प्रतियोगितामा प्रथम भएर धेरै खुसी लागेको भन्दै बासकोट खेलमैदानको भौतिक निमार्णमा अझै वडाले सहयोग गर्ने प्रतिवद्धता समेत जनाए । बासकोट खेलमैदान लाई वडाको मात्र खेल मैदान नभएर समग्र यस  क्षेत्रको खेल मैदानको रुपमा विकास गर्न वडा लागी परेको बताए । विकास भनेको वाटो घाटो मात्र भन्ने सोच रहेको भन्दै अधिकारीले  स्वास्थ्यको लागी खेलमा गरेको लगानी पनि विकास नै भएको बताए ।

चैत्र ९ गते देखि संचालन भएको वडा अध्क्षय कपमा पोखरा महानगरपालिकाका वडा नं २३,२४ र १८ वडामा २० टिमको सहभागीता रहेको थियो

रङहरुको पर्व फागु पुर्णिामा होलिको अबसर पारेर सृजनशिल क्लब पोखरा २४ बासकोटले  कपको आयोजना गरेको थियो ।   आगामी  बर्ष पनि प्रतियोगीता गर्ने  क्लबका अध्क्षय शिव जिसिले बताए । उनले भने ,  खेलक्षेत्रको बिकास ,खेलमार्फत ठाउँको पहिचान, सामाजिक सद्भाव बढाउन ,समाज परिवर्तनका लागि खेलकुद भन्ने उद्देश्य राखीएको छ ।

प्रतियोगितामा उत्कृष्ट गोलकिपर सृर्जनशीलका आशिश दवाडीले हात पारे । उनले नगद २५ सय ट्रफि मेडल र प्रमाणपत्र पाए ।  सर्बाधिक गोलकर्ता भिम गौतमले नगद २५ सय मेडल प्रमाणपत्र पाएका थिए ।  सर्बोकृस्ट खेलाडी लामा गाउँका सरोज तामाङ घोषीत भए । उनले नगद २५ सय मेडल ट्रफि र प्रमाण पत्र पाए ।  
अनुशाशित टिमको पुरस्कार फेवा क्लब पामेले  प्राप्त गरेको छ ।
क्लब स्थापनाकाल देखि नै विभिन्न  सामाजिक क्षेत्रमा शक्रिय रहदै आएको छ । प्रतियोगितावाट वचत भएको रकम बासकोट खेल मैदान निमार्णमा खर्च गरीने क्लबले जनाएको छ ।

You may also like