वैशाख १, हेमजा
कास्की माछापुच्छे« गाउँपालिका वडा–३, प्रगतिशिल नवज्योति युवा क्लब द्धारा आयोजित दोस्रो नवज्योति कप–२०८०,को खुल्ला ५ए साइड फुटबाल प्रतियोगिताको उपाधि आयोजक नवज्योतिले हात पारेको छ ।
आयोजकले फेदी एफसीलाई फाइनल खेलमा ट्राइब्रेकरमा ०–१ गोल गर्दैैैै बिजेता बनेको हो । नवज्योतिले नगद रु ७५ हजर र उपबिजेता फेदी एफसीले रु ४० हजार साथमा ट्रफि,मेडल र प्रमाण पत्र प्राप्त गरे । साथै नवज्योतिबाट अंकित गुरुङ उत्कृष्ट खेलाडी,अन्जन क्षेत्री उत्कृष्ट गोलरक्षक, सुवास गुरुङ सर्वाधिक गोलकर्ता घोषित भए ।

गाउँपालिका उन्तर विद्मालय स्तरीय छात्रा तर्फ सागर मेमोरियल वोर्डिङले मेघराज आ.वि.लाई ०–१ गोलले पछि पार्दैै छात्रा तर्फको बिजेता बन्न सफल भयो । बिजेता मेमोरियलले नगद रु १० हजार तथा उप बिजेता मेघराजले नगद रु ५ हजार साथमा ट्रफी,मेडल र प्रमाणपत्र हात पारे । उत्कृष्ट खेलाडीतर्फ बालकल्याण आ.वि,की रोगनी नेपाली, उत्कृष्ट गोलरक्षक सागर मेमोरियल बोर्डिङ्ग स्कुल,की भुभिका मगर साथै सर्वाधिक गोलकर्तामा मेमोरियल बाट सन्ध्या हमाल धोषित भए ।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका उपाध्यक्ष सिता अधिकारीले खेलकुद मानव जीवनको भहत्वपूर्ण पक्ष हो । शरीर र दिमाख स्वस्थ राख्न खेलकुदको अहम मुभिका हुनेमा जोड दिनुभयो । साथै नव बर्ष २०८१ को शुभुकामना व्यक्त गर्नुभयो ।
उक्त खेलमा खुल्ला तथा छात्रा तर्फ गरि ४२ टिमको सहभागिता रहेको थियो ।
क्लबका अध्यक्ष इन्द्र तिलिजा मगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सागर फगामीले गर्नुभएको थियो ।