Home » लागू औषध सहित ४ जना पक्राउ

लागू औषध सहित ४ जना पक्राउ

by Pokhara City

पोखरा
मिति २०८१।०१।०३ गते अं. १४ः०० बजेको समयमा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.६ लेकसाईड स्थितमा लागू औषधको कारोवार भई रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलीले जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. ६ डिहिकोपाटन नहरमार्ग स्थित ग १२ प ३१४६ नम्बरको स्कुटरलाई रोकी चेकजाँच गर्दा जिल्ला कास्की पोखरा म.न.पा.वडा नं. ३० शिसुवा बस्ने वर्ष २४ को प्रकाश परियारको साथबाट ६ एम्पुल लागू औषध फेला परेको र निजलाई सोधपुछ तथा अनुसन्धान गर्दै जाँदा जिल्ला नवलपरासी प्रतापपुर गा.पा. वडा नं.६ पिपरपाति बस्ने वर्ष ४१ को राजकुमार तेली, जिल्ला दाङ घर भई हाल पोखरा म.न.पा. वडा नं. ६ डिहिकोपाटन बस्ने वर्ष २० की हरिकला घर्ती र ऐ.ऐ. बस्ने वर्ष १८ की दिया बुढा समेतको डेराकोठाबाट लागू औषध जम्मा २७१ एम्पुल, फेनेरागन २८२ एम्पुल, ब्रुफिनुर्फिन २७८ एम्पुल गरी जम्मा ८३१ एम्पुल, नाईट्रोभ्याट २९८ चक्की लागू औषध, नगद रु.३२,५००।– (अक्षरूपी बत्तिस हजार पाँच सय रुपैयाँ) र विभिन्न कम्पनीका मोवाईल १० थान समेत फेला परेको हुँदा निजहरु चारै जनालाई पक्राउ गरी सम्मानित कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा दिन १० म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको छ ।

You may also like