पोखरा
मिति २०८१।०१।०६ गते बिहान अन्दाजी ०४:४० बजेको समयमा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ७ राष्ट्रबैंक चोक स्थितमा बा १ च ८५१ नं. को हाइस र विपरीत दिशातर्फ जाँदै गरेको बा १३ च ५१३७ नं. स्कारपियो गाडी एक आपसमा ठक्कर खाँदा हाइसमा सवार १४ जना यात्रु मध्ये ८ जना घाईते भई उपचारको लागि गण्डकी मेडिकल कलेज लगिएको, उक्त हाईसमा ११ जना चाइनीज नागरीक सवार रहेको । उक्त स्थानमा वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी टोली खटिई गई दुवै चालकहरु र सवारी साधन नियन्त्रणमा लिई अनुसन्धान प्रकृया अगाडी बढाईएको ।
निम्न घाइतेहरु
१. चाइनिज नागरिक बर्ष ४० की Wang Xiaocen दायाँ हातमा चोट, अवस्था मध्यम रहेको ।
२. ऐ.ऐ. वर्ष ६४ कोWang Youhu ढाडमा चोक, अवस्था मध्यम ।
३. ऐ.ऐ. वर्ष ६१ को Xuxiaoping ढाड र मुखमा चोट, अवस्था मध्यम ।
४. ऐ.ऐ. वर्ष ४० की Wongjuan ढाडमा चोट, अवस्था मध्यम ।
५. ऐ.ऐ. वर्ष ५१ को Chen Jianping अवस्था मध्यम ।
६. ऐ.ऐ. वर्ष ६२ को Shen Jianping दुवै खुट्टामा चोट, अवस्था मध्यम ।
७. ऐ.ऐ. वर्ष ५१ की Hyan Yumei कम्मरमा चोट, अवस्था मध्यम ।
८. ऐ.ऐ. वर्ष ६३ को Zhang Chiminc दुबै घुडामा, अवस्था मध्यम ।
previous post