पोखरा
मिति २०८१।०१।०६ गते अं.१३ः३० बजेको समयमा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ८ पृथ्वीचोक स्थित रहेको माता श्री ज्वैलर्सबाट सोही ज्वैलर्समा काम गर्ने कालिगढ वर्ष ४३ का मनोहर पवँरले ऐ.९ नयाँबजार स्थित रहेको कृषि विकास बैंकमा नगद जम्मा गर्न भनी मो.सा.को लेगार्डमा कालो रंगको झोलाभित्र राखेको नगद रु.१७,००,०००।– (अक्षरुपि सत्र लाख रुपैयाँ) हराएको भन्ने सूचना प्राप्त हुनसाथ तत्काल जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्र.ना.उ. बसन्त कुमार शर्माको कमाण्डमा र मातहत प्रहरी कार्यालय समेतबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा देश भारत घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा. वडा नं। ३ पालिखे चोक बस्ने वर्ष ६५ को छोटुलाल शर्माले फेला पारेको भनी खटिएको प्रहरीलाई जानकारी गराएको हुँदा उक्त रकम निज छोटुलाल शर्माको रोहबरमा माता श्री ज्वैलर्सका संचालक जिल्ला कास्की पोखरा म.न.पा. वडा नं.५ बस्ने वर्ष ४३ का ध्रुव कुमार सुनारलाई बुझाइएको ।
