१२ बैशाख,काठमाडौं
बैशाख १३ गते फोटो पत्रकारिता दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समुह नेपाल एनएफपीजे ले आयोजना गरेको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्नका लागि बंगलादेशका फोटो पत्रकारको टोली नेपाल आईपुगेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिउँसो आईपुगेको टोलीलाई एनएफपीजेका कार्यवाहक महासचिव घनश्याम श्रेष्ठ, कोषाध्यक्ष सागर श्रेष्ठ, कार्यसमिति सदस्य प्रदीप कुमार श्रेष्ठ र सुनिल शर्माले स्वागत गरेका थिए । बंगलादेशका फोटो पत्रकारको टोली मैत्रीपूर्ण फुटबल खेलपछि पोखरा भ्रमणमा निस्कने र पोखराका विभिन्न स्थानको अवलोकन गर्ने कार्यक्रम रहेको सदस्य प्रदीप कुमार श्रेष्ठले जानकारी दिए । यसै विच बंगलादेशका फोटो पत्रकारको टोली संग नेपाल फोटो पत्रकार संघ कास्की को टोली बिच बैशाख १५ गते बिहान मैत्रिपूर्ण फुटबल खेल पोखरा रंगशालामा खेल्ने कार्यक्रम रहेको छ ।


