पोखरा
जलारी दिदीबहिनी समुह पोखरा ६ को आयोजना तथा स्वतन्त्र पत्रकार संघ नेपाल कास्की शाखाको प्रशिक्षक सहयोगमा भएको उद्घोषण, नेतृत्व विकास तथा माइन्युट लेखन सम्बन्धि तालिम सोमबार सम्पन्न भयो ।
शनिबार देखि संचालन भएको तालिमको समापन गर्दै कार्यक्रमकी प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. ६ की वडा सदस्य शोभा जलारीले जलारी समुदायका महिला पछि पर्नुको मुख्य कारण नै नेतृत्वमा आउन नसक्नु रहेको वताउँदै नेतृत्वमा आउन उद्घोषण कला र नेतृत्व विकास तालिम अपरिहार्य रहेको वताइन ।
सो अवसरमा स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष कृष्ण रानाभाटले स्वतन्त्र पत्रकार संघ कास्कीले लक्षित वर्गका समुदायमा निशुल्क रुपमा प्रशिक्षकहरु उपलब्ध गराउँदै आएको वताउँदै कुनै पनि संघ संस्थाले आग्रह गरेमा सहयोग गर्न तयार रहेको वताए ।
कार्यक्रममा हर्पन फेवा मत्स्य सहकारी संस्थाका सल्लाहकार रामचन्द्र जलारी, फेवा आमा समुह अध्यक्ष सीता जलारी, राधा ढकाल, कृष्ण क्षेत्री, पितम सेन, प्रशिक्षार्थीहरु क्रिष्टिना जलारी, खुशी जलारी, कुमारी आले जलारी, कुमारी मगर जलारी लगायतले आफ्ना अनुभव वताए ।
तालिममा पोखरा ६ बैदाम र पोखरा १८ खपौदीका ३० जना महिला दिदीबहिनीहरु सहभागी भएका थिए भने स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष कृष्ण रानाभाट, सचिव रजनी तामाङ, कोषाध्यक्ष राधा ढकाल, सदस्यहरु गणेश वज्र लामा र अल्चना श्रेष्ठ, पत्रकार तथा पर्यटन व्यवसायी कृष्ण क्षेत्री, वेभपेज नेपालका पितम सेन, स्वतन्त्र पत्रकार डिल्लीराम कार्कीले प्रशिक्षण दिएका थिए ।
समुहकी अध्यक्ष मिना जलारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष संचिता जलारी र संचालन दिपा जलारीले गरेकी थिइन ।