Home » ज्यान मार्ने उद्योग मुद्दामा सुनिल बस्नेत पक्राउ

ज्यान मार्ने उद्योग मुद्दामा सुनिल बस्नेत पक्राउ

by Pokhara City

पोखरा

मिति २०८१।०१।२२ गते राति अन्दाजी ११ बजेको समयमा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.२७ तालचोक स्थित रहेको सातताल दोहोरी साँझ तथा रेष्टुरेन्टमा गएका तेज बहादुर गुरुङलाई सोही दोहोरी साँझ तथा रेष्टुरेन्ट संचालक जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.३२ बडहरे स्थायी घर भई हाल ऐ. वडा नं.२७ तालचोक बस्ने वर्ष ३२ का सुनिल बस्नेतले कुटपिट गरी गम्भीर घाईते बनाई फरार रहेको भन्ने जाहेरीको आधारमा ईलाका प्रहरी कार्यालय शिसुवा डाँडाकोनाकबाट खटिएको प्रहरी टोलिले खोजतलास गर्दै जाँदा मिति २०८१।०१।२४ गते तालचोक स्थितबाट पक्राउ गरी सम्मानित कास्की जिल्ला अदालतबाट ज्यानमार्ने उद्योग मुद्धामा ८ दिन. को म्यादथप गरी थप अनुसन्धान प्रकृया अगाडी बढाईएको छ।

You may also like