कास्की
मिति २०८१।०१।२४ गते अन्दाजी १८स्१० बजेको समयमा लागूऔषध नियन्त्रण ब्युरो पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलिले जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं।१७ छोरेपाटन स्थित सिद्धार्थ राजमार्ग सडक खण्डमा सवारी साधन चेकजाचँ गर्ने क्रममा जिल्ला कास्की रुपा गाउँपालिका वडा नं। ६ रुपाकोट बस्ने वर्ष २६ की बर्ष गुरुङको साथबाट लागू औषध डाईजापाम ४ एम्पुल, फेनेरागन ४ एम्पुल र नुर्फिन ४ एम्पुल गरी जम्मा १२ एम्पुल लागू औषध फेला परेको हुँदा निजलाई पक्राउ गरी सम्मानित कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा दिन बाह्र ९१२० म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको ।