Home » सर्बसाधरण नागरिक तथा पर्यटकहरुलाई दुस्ख हैरानी दिने ५ जना व्यक्तिहरु पक्राउ

सर्बसाधरण नागरिक तथा पर्यटकहरुलाई दुस्ख हैरानी दिने ५ जना व्यक्तिहरु पक्राउ

by Pokhara City

पोखरा
मिति २०८१।०१।२३ गते राति अं. बेलकि ५ बजेको समयमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलिले जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.५ जिरो किमी, ऐ.६ लेकसाईड, हल्लनचोक एरियामा सर्वसाधरण नागरिक तथा विदेशी पर्यटकहरुलाई जबरजस्ती सवारी साधनबाट ओरल्ने, बाटो छेक्ने, राम्रो होटल मिलाईदिन्छु भनी झोलाहरु तान्ने तथा पैसाको बार्गेनिङ गरी अनावश्यक दुस्ख हैरानी समेत दिई अभद्र व्यवहार गरी रहेका निम्न स्थान बस्ने निम्न ५ जना व्यक्तिहरुलाई पक्राउ गरी सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्वको कसुरमा दिन दश दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको छ ।
पक्राउ व्यक्तिहरुको विवरण
१. जिल्ला कास्की पोखरा म.न.पा. वडा नं.६ डिहिकोपाटन बस्ने वर्ष २६ को सन्तोष श्रेष्ठ ।
२. जिल्ला कास्की पोखरा पोखरा म.न.पा. वडा नं.६ लालुपाते मार्ग बस्ने वर्ष २५ को मिन प्रसाद पौडेल ।
३. ऐ.ऐ. बस्ने वर्ष ३१ को धनदेउ क्षेत्री ।
४. ऐ.ऐ.६ खहरेचोक बस्ने वर्ष २५ को शुसान्त क्षेत्री ।
५. ऐ.ऐ. ६ हल्लनचोक बस्ने वर्ष २५ को अमित भण्डारी ।

You may also like