पोखरा
मिति २०८१।०१।२७ गते बिहान १०ः४५ बजेको समयमा जिल्ला कास्की मादी ५ स्यालटुडा स्थित छाचोक बाट पोखरा तर्फ आउदै गरेको ग १ ख ४२९८ नं. को ढुङ्गा लोड टिप्पर बाटो बाट अं. ५ मिटर तल खस्न गई दुर्घटना हुँदा उक्त टिप्परमा सवार निम्न २ जना घाईते भई उपचारको लागी पश्चिम क्षेत्रीय अस्पताल पठाएको, टिप्पर घटनास्थलमा रहेको, चालक फरार रहेकोले खो।त।कार्य भइरहेको । उक्त स्थानमा सि.आर.भी. भद्रकालीबाट प्रहरी टोली खटी गएको ।
– जिल्ला नुवाकोट ककनी गा.पा. ३ घर भै हाल पोखरा म.न.पा. २६ विजयपुर बस्ने बर्ष ३५ को धन बहादुर तामाङ दायाँ खुट्टामा चोट, अवस्था मध्यम,
– ऐ. ऐ. बस्ने बर्ष ५२ को कृष्ण बहादुर लामा दायाँ हातमा चोट अवस्था मध्यम ।