पोखरा
मिति २०८१।०१।३१ गते अन्दाजी १५ः१० बजेको समयमा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. २९ नयाँबस्ती स्थितमा लागू औषध गाँजाको सञ्चय, विक्रीबितरण गर्ने गरेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय शिसुवा कास्कीबाट खटिएको प्रहरी टोलीले जिल्ला कास्की पोखरा म।न.पा. वडा नं.२९ नयाँबस्ती सुकुम्वासी टोल बस्ने वर्ष ३३ का गणेश गुरुङको घरकोठाबाट लागू औषध गाँजा ३ के.जी. ७०० ग्राम, मोवाईल थान १ र नगद रु.९,७४५।– नौ हजार सात सय पैचालिस रुपैयाँ फेला परेको हुँदा निजलाई नियन्त्रणमा लिई सम्मानित कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा पन्ध्र दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको ।