पोखरा १२ जेठ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आफ्नो ध्यान जनताको भलो हुने काममा रहेको बताउनुभएको छ । मादी गाउँपालिका वडा नम्बर ७ मा निर्मित थाक समाजघरको शनिबार समुद्घाटन गर्दै उहाँले धेरैं बोल्नेभन्दा पनि काम गरेर जनतालाई अनुभूति दिलाउने कोसिसमा रहेको खुलाउनुभयो ।
‘बाटो निर्माण भइरहको छ, यसलाई सिक्लेससम्म पु¥याउने कोसिस गर्नेछौं, खानेपानी लगायतका यहाँका समस्याको बारेमा म जानकार छु, ती समस्या समाधान गर्न निरन्तर लाग्नेछु’ उहाँले भन्नुभयो ।
मादी गाउँपालिकामा विकास निर्माण काम तीव्रताका साथ गर्दै जाने प्रतिवद्धता उहाँको थियो । गण्डकी प्रदेशका सबै जनतालाई सरकारको महसुस गराउने खालको नीति तथा कार्यक्रम र बजेट निर्माण गर्ने तयारी भैरहेको समेत मुख्यमन्त्री अधिकारीले खुलाउनुभयो ।
गण्डकी प्रदेशका उर्जा जलस्रोत तथा खानेपानी मन्त्री वेदबहादुर गुरुङले जनताले भोग्नु परेका समस्या समाधान गर्न आफ्नो तर्फबाट काम गरिरहेको बताउनुभयो । आफू सोही क्षेत्रको जनप्रतिनिधि समेत रहेको कारण जनताका सुख दुःखलाई नजिकबाट बुझेरनै प्राथमिकताको आधारमा काम गर्न कस्सिएको बताउनुभयो । समाजघर निर्माणमा सहयोग गर्ने दानविर, जग्गादातालाई मन्त्री गुरुङले सम्मान गर्नुभयो ।