पोखरा
जिल्ला कास्की माछापुच्छ्रे गाँउपालिका अन्तर्गत पर्ने अन्नपुर्ण संरक्षण क्षेत्र भित्रबाट नदिजन्य पदार्थहरु अवैध रुपमा चोरी निकासी गर्ने गरेको भन्ने सूचनाको आधारमा मिति २०८१।०२।१२ गते अं.०७:०० बजेको समयमा वडा प्रहरी कार्यालय बगर कास्कीबाट खटिएको प्रहरी टोलिले जिल्ला कास्की पोखरा महानगपालिका वडा नं.१९ अकला मन्दिर स्थित सडक खण्डमा भुर्जुङखोलातर्फबाट पोखरातर्फ आउँदै गरेको ग १ क १५१४ नम्बरको टिप्परलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त टिप्परमा बालुवा लोड गरेको पाईएको उक्त बालुवा अन्नपुर्ण संरक्षण क्षेत्र भित्रबाट ल्याएको बुझिएकोले उक्त बालुवा सहितको टिप्परलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि अन्नपुर्ण संरक्षण क्षेत्र सम्पर्क कार्यालय हरियोखर्क पोखरामा पठाईएको ।
