Home » साईबर अपराधको विषयमा अन्तर पालिका स्तरिय वक्‍तृत्वकला प्रतियोगिता कार्यक्रम सम्पन्न

साईबर अपराधको विषयमा अन्तर पालिका स्तरिय वक्‍तृत्वकला प्रतियोगिता कार्यक्रम सम्पन्न

by Pokhara City


पोखरा
मिति २०८१।०२।१८ गते जिल्ला प्रहरी कार्यालय कास्की र सामुदायिक प्रहरी सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीको आयोजना र राईट फर चिल्ड्रेन र सिविन नेपाल संस्थाको सहकार्यमा अन्तर पालिका स्तरिय साईबर अपराध न्यूनिकरणमा नागरिक समाजको भूमिका विषयमा वक्‍तृत्वकला प्रतियोगिता कार्यक्रम सम्पन्न गरिएको छ ।

जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं। ४ स्थित उद्योग वाणिज्य संघको सभाहलमा संचालन भएको कार्यक्रममा कास्की जिल्ला अन्तर्गत पोखरा महानगरपालिका, रुपा गाँउपालिका, माछापुच्छ्रे गाँउपालिका, अन्नपुर्ण गाँउपालिका र मादी गाँउपालिकामा रहेका सामुदायिक विद्यालयका शिक्षकहरु वीच वक्‍तृत्वकला प्रतियोगिता कार्यक्रम संचालन गरिएको हो । पछिल्लो समयमा बढ्दै गई रहेको साईबर अपराधको रोकथाम तथा नियन्त्रणमा मुलत जनचेतना अभिबृद्धी गर्नु नै मुख्य तरिका रहेको हुँदा समाजमा रहेका आमनागरिक तथा विद्यालयका विद्यार्थीहरुमा जनचेतना अभिवृद्धी गर्ने गरी शिक्षकहरुलाई विभिन्न अनुभव तथा ज्ञान साटासाट गर्ने र उक्त ज्ञान तथा अनुभवहरु समाजमा फैलाउने उद्देश्यले वक्‍तृत्वकला प्रतियोगिता संचालन गरिएको हो ।

सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समितिका अध्यक्ष भिम पराजुलीको अध्यक्षता, मादी गाँउपालिका अध्यक्ष देविजंग गुरुङ र रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाको प्रमुख आतिथ्यता तथा शिक्षा विकास तथा समन्वय ईकाईका प्रमुख लोकनाथ आचार्य तथा पृथ्वीनारायण क्याम्पसका प्राध्यापक डाक्टर रामनाथ ओझाज्यूको विशेष आतिथ्यता, विभिन्न सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधीहरु, विभिन्न सामुदायिक सेवा केन्द्रका अध्यक्ष तथा पदाधिकारीहरु, विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधीहरु, विभिन्न सामुदायिक विद्यालयका शिक्षक तथा विद्यार्थीहरुको उपस्थितिमा कार्यक्रम सञ्चालन गरिएको थियो ।

कार्यक्रममा पोखरा महानगरपालिका र ४ वटा गाँउपालिका अन्तर्गत विभिन्न १४ वटा सामुदायिक विद्यालयहरु ९लक्ष्मी आदर्श मा।वि। शिसुवा, कालिका मा।वि। काँहुँ, राष्ट्रिय मा।वि। पोखरा १, भारती मा।वि। पुरन्चौर, जनता मा।वि। रुपा गा।पा। ३, शिशु शान्ति मा।वि। रुपा गा।पा। ५, माछापुच्छ्रे मा।वि। माछापुच्छ्रे गा।पा। सार्दिखोला, पृथ्वीनारायण मा।वि। धम्पुस, बराहा मा।वि। माछापुच्छ्रे गा।पा।, भगवती मा।वी। अन्नपुर्ण गा।पा।, उल्लेरी आधारभुत विद्यालय अन्नपुर्ण गा।पा।, हिमालय आधारभुत बिद्यालय मादी गा।पा।(१२, दिव्याज्योती आधारभुत विद्यालय मादी ५ र जनमन्दिर आधारभुत विद्यालय मादी १०० का शिक्षकहरुले सहभागिता जनाउनु भएको थियो । अन्नपुर्ण गाउँपालिका भगवती मा।वि।का शिक्षक कृतिराम ढकाल प्रथम स्थान हाँसिल गर्नुभएको, पोखरा महानगरपालिका कालिका मा।वि।का शिक्षिका निर्मला मानन्धरले द्धितिय स्थान, त्यसैगरी मादी गाउँपालिका हिमालयन आधारभुत मा।वि।का शिक्षक हिमाल पौडेल तृतीय स्थान र पोखरा महानगरपालिका वडा नं। ३० शिसुवा लक्ष्मी आदर्श मा।वि।का शिक्षक बुद्दिराज सापकोटाले सान्त्वना स्थान हाँसिल गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथीज्यूहरुले पछिल्लो समयमा साईबर अपराधका घटनाहरु बढिरहेको र कतिपय घटनाहरु लुकाएर राख्ने, बाहिर ल्याउन नचाहने र अनुसन्धान गर्न समेत कठिन हुने गरेको हुँदा सबै आम नागरिक साईबर अपराधका घटना, विभिन्न अनलाईनबाट हुने ठगी तथा दुर्व्यवहार र अन्य घटनाको बारेमा जानकारी राख्ने गर्नुपर्ने र साईबर अपराधबाट बच्न अपनाउनु पर्ने साबधानिका विषयमा सबैमा जानकारी पुग्ने विश्वास राख्नु भएको थियो । त्यसैगरी यस कार्यालयका प्रमुख प्रहरी उपरीक्षक मोहन कुमार थापाले उपस्थित सम्पुर्ण प्रमुख अतिथी, विशिष्ट अतिथी, विभिन्न विद्यालयका शिक्षक, शिक्षिका तथा विद्यार्थीहरुलाई स्वागत गर्दै जिल्ला प्रहरी कार्यालयबाट भई रहेका साईबर अपराध सम्बन्धी सचेतना मूलक कार्यक्रमहरुलाई अझ प्रभावकारी ढंगबाट अगाडी बढाउन नयाँ ढंगबाट बिद्यालयका शिक्षक शिक्षिकाहरुलाई साईबर अपराध, बालबालिकाहरुमा अनलाईनको माध्यामबाट हुनसक्ने दुर्व्यबहार, अनलाईन ठगी तथा सुरक्षा सतर्कताको बारेमा एक आपसमा अनुभव साटासाट गरी पठनपाठनमा सहयोग पुग्ने धारणा राख्नु भएको थियो ।

You may also like