पोखरा
केही समयदेखि साईकल चोरी सम्वन्धी घटनाहरुको अनुसन्धानमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले मिति २०८१।०२।१८ गते अ. १८ः०० समयमा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ०५ जिरो स्थितमा जिल्ला सिन्धुपाल्चोक घर भई ऐ. स्थानमा फर्निचर उद्योग सन्चालन गर्दै आएका बर्ष ५१ को भिमसेन थामीको उद्योगबाट शंकास्पद अवस्थामा चोरीका साईकलहरु किनवेच गरिरहेको अवस्थामा चोरीका ६ थान साईकल वरामद गरी उक्त साईकलहरु चोरी तथा किनवेच गर्ने कार्यमा संलग्न २ जना नाबालकसहित ४ जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
निम्न ब्यक्तिहरु
१. जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. (०५ जिरो बस्ने बर्ष १४ को बालक
२. ऐ.ऐ.बस्ने बर्ष १७ को बालक
३.जिल्ला स्याङजा फेदिखोला गाउँपालिका वडा नं. (०६ घर भई ऐ. बस्ने बर्ष २४ को मदन सुनार
४. जिल्ला सिन्धुपाल्चोक घर भई ऐ. बस्ने उक्त फर्निचर संचालक बर्ष ५१ को भिमसेन थामीलाई पक्राउ गरि थप अनुसन्धान भइरहेको ।
साथै उक्त साइकलहरु कोही कसैको चोरी भएको भएमा प्रमाण लाग्ने कागजात सहित वप्रका बैदाममा सम्पर्क गर्नुहुन अनुरोध छ ।
