Home » पोखरामा मोवाईल चोरी गरी फेसबुक मार्फत बेच्ने एक जना व्यक्ति पक्राउ

पोखरामा मोवाईल चोरी गरी फेसबुक मार्फत बेच्ने एक जना व्यक्ति पक्राउ

by Pokhara City

पोखरा
मिति २०८०।०९।१६ गते अंग्रेजी नयाँ वर्षको दिनमा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ६ लेकसाईडमा एक जना महिलाले भिरेको झोलाबाट आईफोन मोवाईल चोरी गरी निजले सिमकार्ड राखी प्रयोग गरी चलाउँदै आई रहेको ।

त्यसै गरी मिति २०८१।१२।२० गते जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. ८ सभागृहमा सहकारी दिवसको दिनमा भएको कार्यक्रममा टेवुलमाथी राखेको सामसुङ मोवाईल चोरी गरी लगेको र उक्त मोवाईलमा रहेको ईसेवा आईडी समेत ह्याक गरी नगद रु.१८,१२५।– रुपैया ट्रान्सफर गरेको भन्ने जाहेरीको आधारमा यस कार्यालयबाट अनुसन्धान तथा खोजतलास गर्दै जाँदा जिल्ला म्याग्दी अन्नपुर्ण गाउँपालिका वडा नं. १ दाना स्थायी घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ८ जाल्पारोड बस्ने वर्ष २० को रुपेश रम्जालीले उक्त मोवाईल फोनमा आफ्नो सिमकार्ड हाली चलाएको भेटिएकोले निजलाई मिति २०८१।०२।२० गते पक्राउ गरी सम्मानित कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी मुद्दामा सात दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको छ ।

निजले हालसम्म विभिन्न कम्पनीका १५ / १६ वटा मोवाईल चोरी गरी फेसबुकमा बिक्रिको लागि राख्ने र बिक्री पश्चात उक्त फेसबुक आईडी डिलिट गर्ने गरेको भन्ने प्रारम्भिक सोधपुछको क्रममा खुलाएको ।

You may also like