पोखरा
मिति २०८१।०२।२० गते जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. १४ सितलटोल स्थितमा पार्किङमा रोकी राखेको ग १५ प ३१९ नम्बरको पल्सर मोटरसाईकलमा नक्कली चावी प्रयोग गरी चोरी गरी लगेको भन्ने जाहेरीको आधारमा वडा प्रहरी कार्यालय रामबजार कास्कीबाट खटिएको प्रहरी टोलीले उक्त स्थानबाट केही पर उक्त मो.सा. घिसार्दै लगि रहेको अवस्थामा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. १४ शितलटोल बस्ने वर्ष २१ को सुवास तामाङलाई फेला पारी निजलाई पक्राउ गरी सम्मानित कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी कसूरमा सात दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको छ।

