पोखरा
मिति २०८१।०२।१३ गते जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं। ३२ स्थित रहेको युनिभर्स ईङ्लिस बोर्डिङ स्कुल कक्षा ५ मा अध्ययनरत ९ वर्षका बालकलाई होमवर्क नगरेको र अक्षर नराम्रो भएको भनी बालकको संवेदनशिल भाग (पछाडी) लठ्ठीले प्रहार गरी घाईते बनाएको भन्ने जाहेरीको आधारमा सोही विद्यालयका शिक्षक जिल्ला कास्की रुपा गाउँपालिका वडा नं। ६ खोलाको छेउ बस्ने वर्ष ३२ का सुदिप अधिकारीलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०८१।०२।२० गते पक्राउ गरी सम्मानित कास्की जिल्ला अदालतबाट बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६६ अन्तर्गतको कसुरमा दिन पाँच म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको छ । उक्त कसूरमा १ वर्ष सम्म कैद र रु.५० हजार जरिवाना हुने कानूनी व्यवस्था रहेको छ ।
previous post