Home » टिप्पर र मोटर साईकल दुर्घटना हुदा २ जना घाईते

टिप्पर र मोटर साईकल दुर्घटना हुदा २ जना घाईते

by Pokhara City

पोखरा
मिति २०८१।०२।२१ गते विहान अं. ८ः०० बजेको समयमा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. १३ गौडाकोमुख स्थित वि.पी.मार्गबाट लामाचौर तर्फ जादै गरेको ग १ ख ६३९४ नं. को टिप्परमा सोही दिशा तर्फ जादै गरेको लु ८७ प ९५२० नं. को मो.सा. पछाडीबाट ठक्कर खाँदा मो.सा.मा सवार निम्न स्थान बस्ने निम्न २ जना व्यक्तिहरू घाईते भएको । उक्त स्थानमा सि.आर.भी.भद्रकालिबाट प्रहरी टोली खटिई गई उक्त मो.सा., टिप्पर र टिप्पर चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको ।
निम्न घाईते
१. मो.सा. चालक ः जिल्ला कास्की पोखरा म.न.पा. वडा नं.१४ चाउथे बस्ने वर्ष २९ को कमल थापा क्षेत्री, दुवै खुट्टा र दाँया हातमा चोट, अवस्था सामान्य रहेको । उपचारको लागी गण्डकी मेडिकल कलेज पठाएको ।
१. मो.सा. पछाडी सवार ः ऐ.ऐ. वडा नं. १३ काहुखोला बस्ने वर्ष १८ की बबिता रिमाल, दुवै खुट्टा र ढाडमा चोट, अवस्था सिरियस रहेको । उपचारको लागी गण्डकी मेडिकल कलेज पठाएको ।

You may also like