कास्की
जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.०४ गैह्रापाटन स्थित संचालनमा रहेको श्री प्राइम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको बचत तथा सम्पत्ति हिनामिना गरी ठगी गरेको कसूरमा संलग्न रही फरार रहेका जिल्ला पर्वत मोदी गा.पा. वडा नं. १ स्थायी घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. १८ बस्ने वर्ष ५५ की धन कुमारी गुरुङ, ऐ.ऐ. घर भई हाल पोखरा म.न.पा. वडा नं. ८ बस्ने वर्ष ४७ की सिता कुमारी गुरुङ र जिल्ला कास्की पोखरा म।न।पा। वडा नं. ३ तेर्सापट्टी बस्ने वर्ष ४७ का जीवन सार्कीलाई यस जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलिले मिति २०८१।०३।०६ गते पक्राउ गरी उक्त कसूर अभियोग बमोजिम सजायको लागि सम्मानित कास्की जिल्ला अदालत समक्ष पेश गरिएको ।
