पोखरा।
करन परियारले नेपाल आइडल सिजन–५ को उपाधि जितेका छन् । भोटिङ आधारमा शनिबार ग्रान्ड फिनालेमा उनलाई नेपाल आइडल घोषणा गरिएको हो ।
बर्दियाका करन कमजोर आर्थिक पृष्ठभूमिबाट नेपाल आइडलको भव्य पृष्ठभूमिमा छिरेका थिए । आफ्नो जादुमयी स्वरले उनी आखिर पाँचौं नेपाल आइडल बनेका हुन् । उनले नगद २५ लाख पुरस्कार प्राप्त गरेका छन् ।
ग्रान्ड फिनालेमा उत्कृष्ट ४ जना थिए । फस्ट रनर अप पोखराकी सलोमी गुरुङ भइन् । सेकेन्ड रनर अप सचिन विश्वकर्मा भए । मोहित भुजेल थर्ड रनर अप भए ।
