कास्की
मिति २०८१।०३।१२ गते अं २ः१५ बजेको समयमा जिल्ला कास्की मादी गाँउपालिका वडा नं. ५ चितेपानी घुम्ती स्थित ऐ.ऐ. बस्ने प्रकाश रानाभाटको व्लक र टिनले बनेको ३ कोठे घरको पछाडी पट्टीको माटोको ढिस्को खस्न गई घरको पछाडी पट्टीको भाग भत्किएको भन्ने सूचना प्राप्त हुनासाथ इ.प्र.का. शिसुवाकास्कीबाट प्रहरी टोली खटिई गई उद्दार गर्दा कोठामा सुतेका २ जना (नातीनी र हजुरआमा) मध्ये नातिनी वर्ष १३ की आयुस्मा रानाभाट पहिरोले पुरी मृत अवस्थामा फेला परेकी र हजुरआमा वर्ष ७० की लालमाया बन्जारीलाई सकुसल उद्धार गरीएको, अवस्था सामान्य रहेको । उक्त घरमा राती २ जना मात्र सुतेको, घरको पछाडीको भागमा क्षती भएको ।
पहिरोमा परी १ जना बालकको मृत्यु १ जना महिला घाईते मिति २०८१।०३।१२ गते अं.०३ बजेको समयमा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.२७ आरूपाटा स्थित ऐ.ऐ. बस्ने वर्ष ३१ को हरी सुनारको ढुङ्गा माटोले बनेको २ कोठाको कच्ची घर अविरल बर्षाको कारणले माथीबाट पहिरो आई भत्किएको भन्ने सूचना प्राप्त हुनासाथ तत्काल ई.प्र.का. शिसुवा कास्कीबाट प्रहरी टोली खटिई गई घरमा सुतेका निज हरी सुनारको छोरा वर्ष ३ को अनमोल सुनार मृत अवस्थामा फेला परी उद्दार गरिएको, हरी सुनारको श्रीमती वर्ष २७ की रितु सुनार घाईते भई उपचारको लागि गण्डकी मेडिकल कलेज पठाईएको, अवस्था सिरीयस रहेको, अन्य २ जना ९हरी सुनार र छोरी वर्ष ९ की अंजली सुनार, सकुसल उद्दार गरिएको, घरमा पूर्ण रूपमा क्षती भएको ।