पोखरा
मिति २०८१-०३-१८ गते बिहानको अं.०२ः३७ बजेको समयमा जिल्ला कास्की पोखरा म.न.पा.वडा न. ५ जिरो कि.मि. स्थितमा रहेको एन.एम.बी बैंकको ATM मेसिनमा प्रवेश गरी ब्त्ः तोडफोड गरी रकम चोरी गर्न खोजेको भन्ने सुचनाको आधारमा तत्काल वडा प्रहरी कार्यलय बैदामबाट खटिई गएको प्रहरी टोलीले जिल्ला धादिङ सिद्वलेख गाउँपालिका वडा नं. ३ घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ९ बस्ने वर्ष २३
को रुपेश नेपालीलाई पक्राउ गरी सम्मानित कास्की जिल्ला अदालतबाट चोरी उद्योग मुद्दामा सात दिन को म्याद थप गरी थप अनुसन्धान प्रकृया अगाडी बढाईएको ।
