तनहुँ
मिति २०८१।०३।२२ गते अन्दाजी १५:१५ बजेको समयमा जिल्ला तनहुँ शुक्लागण्डकी नगरपालिका-७ काउरे स्थितमा अबिरल बर्षाको कारण सोहि स्थान बस्ने हिरा नेपाली र सुनमाया कुमालको घर माथीबाट पहिरो आउदै गर्दा घर भित्र रहेको समान स्थानियहरु मिली निकालन जाने क्रममा पहिरोले पुरी जिल्ला तनहुँ शुक्लागण्डकी नगरपालिका-७ काउरे बस्ने बर्ष ४० की हिरा नेपाली, बर्ष ३७ की अनिशा बास्तोला र सोहि स्थान बस्ने बर्ष ६५ श्याम भण्डारी सोहि पहिरोले पुरी बेपत्ता भएको र साथै सोहि स्थान बस्ने बर्ष ४० को बिष्णु बहादुर नेपाली, बर्ष २६ को बिशाल तिम्लसिना बर्ष ३५ को रबि घिमिरे बर्ष १८ को रुप कुमार नेपाली र वर्ष १५ को बिमल नेपाली घाइते भएकोमा नेपाल प्रहरी बिशेष सुरक्षा गण बेलचौतरा तनहुँबाट ४३ जनाको प्रहरी टोली, ३ नं.बाहिनि खैरेनीटार तनहुँबाट सहसेनानी कमाण्डना १० जनाको नेपाली सेनाको टोली र स्थानिय, प्रहरीको सहयोगमा बेपत्ता भएकाहरुको खोजी कार्य भई रहेको र घाईतेहरुलाई उद्दार गरी उपचारको लागि जि.पि अस्पताल खैरेनीटार पठाईएको छ ।
previous post