पर्वत
मिति २०८१।०३।२२ गते अं. १६:४० बजेको समयमा अबिरल बर्षाको कारण जिल्ला पर्वत महाशिला गाउँपालिका ठाडापाखा स्थितमा घर गोठ माथिबाट पहिरो आई घर गोठ बगाउँदा सोहि स्थान बस्ने रुक्मागत अधिकारीको २ तले कच्ची धन्सार (गोठ) बगाँउदा उक्त धन्सारमा रहेका १३ वटा बाख्रा, १ वटा भैँसी, १ वटा पाडो बगाई मृत्यु भएको र सोहि स्थान बस्ने केशव प्रसाद अधिकारी क्षेत्रीको २ तले कच्ची घर र गोठ बगाई पुर्ण रुपमा क्षति भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटिई गई स्थानियको सहयोग उद्धार कार्य भईरहेको ।
पहिरो आई घर पुरिएको
मिति २०८१।०३।२२ गते अन्दाजी १५:१० बजेको समयमा जिल्ला पर्वत फलेवास नगरपालिका-१ कार्किनेटा स्थित कुल प्रसाद पाध्याको २ तले कच्ची घर माथीबाट पहिरो आई घर पुरिदा घर भित्र रहेका पर्वत फलेवास नगरपालिका-१ कार्कीनेटा बस्ने बर्ष ४० को झलक प्रसाद शर्मा र स्याङजा आधीँखोला गाउँपालिका-३ पाखरीगोर ढुङगा बस्ने बर्ष अन्दाजी ३०।३२ को तुलसी प्रसाद शर्मा बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्वतबाट प्रहरी टोली खटिई गई खोजतलास गर्ने क्रममा घटनास्थल देखी ३०० मिटर तल तुलसी प्रसाद शर्माको शव फेला परेको र अर्का बेपत्ता भएका झलक प्रसाद शर्माको जिल्ला स्याङ्जा आधिँखोला गाउँपालिका(४ सेपत स्थितमा शव फेला परेको, उद्धार कार्य भईरहेको ।