कास्की
मिति २०८१।०३।१७ गते अं. ११ः०० बजेको समयमा जिल्ला तनहुँ म्याग्दे गा.पा. वडा नं. ४ थर्पुबाट नाबालिकालाई ललाई फकाई छलकपट गरी झुक्यानमा पारी, डरत्रास देखाई ग ८ प ४२८० नम्बरको मोटरसाईकलको बिचमा राखी भाग्न उमकन नदिई जिल्ला कास्की पोखरा म.न.पा.। वडा नं.११ रानीपौवा स्थित डेराकोठामा ल्याई बन्धक बनाई ऐ. १८ गते बिहान अं.०१ः३० बजेको समयमा पालै पालो सामुहिक रुपमा जबर्जस्ती करणी गरी ०३ः३० बजेको समयमा पोखराबाट तनहुँ फर्किने क्रममा जिल्ला कास्की पोखरा म.न.पा. वडा नं.३० पावरहाउस स्थित पृथ्वीराजमार्ग सडकखण्डमा प्रहरीद्धारा चेकीङ गर्ने क्रममा प्रतिवादीहरूले प्रहरीलाई देखे पछी भाग्न खोज्दा निजहरूलाई प्रहरीले पक्रउ गरी कानून वमोजिम सम्मानित कास्की जिल्ला अदालतबाट अपहरण वा शरिर बन्धक तथा जबर्जस्ती करणी सम्बन्धी मुद्दामा मिति २०८१।०३।१८ गतेबाट लागू हुने गरी पहिलो पटक आठ दिन को म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको छ ।
१.जिल्ला धनुषा क्षिरेश्वरनाथ गा.पा. वडा नं.१० गोपालपुर स्थायी घर भइ हाल जिल्ला कास्की पोखरा म.न.पा. वडा नं.११ रानी पौवा बस्ने वर्ष २१ को अरुण कुमार दास
२.भारत देश बिहार प्रदेश सितामणी जिल्ला डुमरा थाना सुरसड पक्ष्मी वार्ड नं. १ सुरसड गाउँ घर भइ हाल जिल्ला कास्की पोखरा म.न.पा. वडा नं.११ रानीपौवा बस्ने वर्ष १९ को सुनिल दास भन्ने सुनिल कुमार
