पोखरा
मिति २०८१।०४।०६ गते अंन्दाजी बिहान ०५ः४० बजेको समयमा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.६ हल्लन चोक स्थित ग ३ च ३४५७ नं. को हाईलक्स गाडी र ग ११ प ९१ नं को मोटर साईकल एक आपसमा ठक्कर खाँदा मोटर साईकल चालक ऐ.ऐ. ८ बस्ने वर्ष २६ को ईश्वर परियार घाइते भई उपचारको लागी गण्डकी मेडिकल कलेज पोखरा पठाएकोमा ०६ः४३ बजे उपचारको क्रममा चिकित्सकद्वारा मृत्यु घोषणा गरेको । उक्त स्थानमा वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट प्रहरी टोली खटिई गई दुबै सवारी साधन र हाईलक्स चालक जिल्ला बर्दिया ठाकुर बाबा न.पा. ८ स्थायी घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा. वडा नं।१७ ड्यामसाईड बस्ने वर्ष ३० को सुशिल दहितलाई नियन्त्रणमा लिई अनुसन्धान कार्य भई रहेको ।
previous post