Home » प्रहरी हुँ भनी धम्की दिई रकम माग गर्ने १ जना मानिस पक्राउ

प्रहरी हुँ भनी धम्की दिई रकम माग गर्ने १ जना मानिस पक्राउ

by Pokhara City

पोखरा

 WhatsApp तथा Telegram द्वारा सम्पर्क गरी विभिन्न व्यक्तिहरुलाई “म जिल्ला प्रहरी कार्यालय कास्कीको सूचना अधिकारी हुँ, तपाईहरुको केही काम छ भने भन्नुहोस गरिदिन्छु” भन्ने र सर्वसाधरण संग रकम माग गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले मिति २०८१।०४।०६ गते जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. १६ बाटुलेचौर बस्ने बर्ष २१ को सुजित क्षेत्रीलाई लामाचौरबाट पक्राउ गरी सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता बिरुद्धको कसूरमा दिन ५ म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको ।

You may also like