Home » रोकी राखेको ट्रकको डिजेल चोरी गर्ने २ जना मानिस पक्राउ

रोकी राखेको ट्रकको डिजेल चोरी गर्ने २ जना मानिस पक्राउ

by Pokhara City

पोखरा
मिति २०८१।०४।०७ गते विहान १;०० बजेको समय देखी ०४ः०० बजेसम्म जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.०५ प्रस्याङ स्थित पार्किङ गरी राखेको बा ०१००६ ख ३८४० नम्बरको ट्रकको डिजेल ट्याङकीबाट चोरी भएको भन्ने सूचना प्राप्त हुना साथ वडा प्रहरी कार्यालय बगर कास्कीबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.०२ फिर्केपुल बस्ने वर्ष १९ को रोहित नेपालीलाई पक्राउ गरी सोधपुछ गर्दा निजले उक्त ट्रकबाट ३ वटा पानीको जारमा ६० लिटर डिजेल चोरी गरी पोखरा दमौली चल्ने ग १ ख ७१०२ नम्बरको बस धनि ऐ. ऐ. बाग्लुङ बसपार्क बस्ने वर्ष ४८ जिवन श्रेष्ठलाई रु.४,०००। अक्षरुपी चार हजार रुपैया मा बेचेको भनी खुलाएको हुँदा उक्त बस भित्र राखेको पानीको ३ वटा जारमा राखिएको ६० लिटर डिजेल बरामद भएको हुँदा दुबैजना व्यक्तिहरुलाई पक्राउ गरी चोरी तथा डाँका सम्बन्धी मुद्दामा सात दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको छ ।

You may also like