श्रावण १२ ,पोखरा
लायन्स अन्तरास्ट्रीय ,डिस्ट्रिक ३२५ एम ,क्लस्टर एकको नियमित वैठक सम्पन्न भएको छ। क्लस्टर १ का क्लस्टर चिफ लक्ष्मण तिमिल्सिनाको संयोजकत्वमा भएको वैठकको प्रमुख आतिथि डिस्ट्रीकका को चिफ एड्भाइजर दामु अधिकारी रहनु भएको थियो।बैठकले क्लवहरुले गरीरहेका सेवाको कार्यको समिक्षा गर्दै नया कार्यहरुको योजना तयार गरेको रिजन चेयर पर्सन एव क्लस्टर १ का को चिफ फणिन्द्र राज शर्माले जानकारी दिनु भयो। साथै क्लस्टर १ ले यहि श्रावण अन्तिम महिनालाई वाल्य अवस्थामा हुन सक्ने क्यान्सर न्यूनीकरणको लागी सचेतना सप्ताह संचालन गर्ने भएको छ।वैठक पश्चात क्लस्टर १ अन्तर्गतको क्लवहरुको कार्यको रिपोर्ट सहजीकरणको लागी रिपोर्टिंग डीपार्टमेन्ट प्रमुख बिकास भुर्तेल र समाचार कला सम्बन्धमा कक्षा डिपार्टमेन्ट अफिसर रुद्र श्रीसले लिएका थिए।
कालिका भ्यु टाउनको सम्मान एव माछा भुरा छाड्ने कार्य सम्पन्न
क्लस्टर १ अन्तर्गत पर्ने लायन्स क्लव अफ पोखरा कालिका भ्यु टाउनले आफ्नो परीवारका एसइ इ उतिर्ण भएका छोराछोरीलाइ सम्मान गर्ने कार्यक्रम सम्पन्न गरेको छ। क्लवका अध्यक्ष इश्वर अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लस्टर चिफ लक्ष्मण तिमिल्सिनाले बिद्यार्थीहरुलाई सम्मान पत्र सहित सम्मानित गरेका थिए। सोहि क्रममा पोखरा न्युरोडमा क्लवको सचिवालय समेत उद्घाटन गरीएको थियो ।
पोखरा महानगरपालिका वडा न २८ मा रहेको कालिका पोखरीमा २००० माछाका भुरा छाड्ने कार्य सम्पन्न गरेको छ। डिस्ट्रीक जीएसटी संयोजक जगन्नाथ तिमिल्सिनाको विशेष उपस्थितिमा पोखरीमा माछा भुरा छाडीएको क्लवका सचिव खगेश्वर लामिछाने बताए।
मन्जरी द्वारा चिसाखोलामा एक लाख एक हजारको अक्षयकोष
लायन्स क्लवको एक क्लव एक सिग्नेचर परियोजना अन्तर्गत लायन्स क्लव अफ पोखरा गतिशील मंजरीको आयोजनामा शनिवार पोखरा चिसाखोला बेद बिध्याश्रममा क्लव अध्यक्ष नर्वदा पराजुली संरक्षक रहने गरी अक्षरुपि एक लाख एक हजारको अक्षयकोष निर्माण गरीएको छ ्र अक्षयकोष निर्माण संगै क्लवले आश्रममा केही थान किचन सामाग्री समेत हस्तान्तरण गरेको छ। क्लस्टर एकका क्लस्टर प्रमुख लक्ष्मण तिमिल्सिनाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा लायन्स लिडरहरु बिष्णु प्रसाद पराजुली ,आश्रमका प्रमुख संरक्षक मोक्षनाथ तिमिल्सिना ,सचिव गंगासागर उपाध्याय ,सुनिता देवकोटा ,महावीर थापा ,जोन चियर पर्सन श्याम प्रसाद तिमिल्सिना लगाएतको उपस्थिति रहेको क्लवका सहसचिव बिनिता कोइरालाले जानकारी दिए।
बिरौटा साझा चौतारीको भोजन वितरण
लायन्स क्लव अफ पोखरा बिरौटा साझा चौतारीको आयोजनामा पोखरा केदारेस्वर मन्दीरमा रहेका ८२ जना बटुकहरुलाई खाना खुवाउने कार्यक्रम सम्पन्न भएको छ। को चिफ एडभाईजर आर सी पोखरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम क्लवका अध्यक्ष मेनका पौडेलको अध्यक्षतामा भएको थियो। क्लवले आफ्नो स्थापना दिवसको कार्यक्रमा पोखरा १७ मा सम्पन्न गरेको छ।
ब्लु स्काईको वृक्षारोपण सम्पन्न
शनिवार नै लायन्स क्लव अफ पोखरा ब्लु स्काईको आयोजनामा पोखरा ३१ पचभैयामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ्र डिस्ट्रिक ३२५ एम का जी एस टी कोअर्डिनेटर जगन्नाथ तिमिल्सिनाको प्रमुख उपस्थितिमा क्लवले बिभिन्न प्रजातीको ६० वटा बिरुवा सारेको रिजन चेयर पर्सन युवराज पौडेलले बताए।