Home » पत्रकार माथी हातपात गर्ने ५ जना मानिस पक्राउ

पत्रकार माथी हातपात गर्ने ५ जना मानिस पक्राउ

by Pokhara City

पोखरा
मिति २०८१।०४।१३ गते नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र सार्वजनिक यातायात केन्द्रीय महासंघ गण्डकी प्रदेशको संयुक्त आयोजनामा गण्डकी प्रदेश सरकारले निजी दुई पाङ्ग्रे एवं चार पाङ्ग्रे सवारी साधनहरुलाई भाडामा प्रयोग गर्न पाउने गरी कार्यविधि बनाई लागू गर्न लागेको विषयको बिरोध स्वरुप भाडाका सवारी साधन नचलाई बन्द गरेको विषयमा रिपोर्टिङको क्रममा खटिएका गण्डकी भ्वाईस अनलाईन मिडियाका व्यबस्थापक निर्देशक जिल्ला गुल्मी सत्यवती गा.पा.४ घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा.१० बुद्धचोक बस्ने बर्ष ३६ को सुरज थापा र पोखरा टेलिभिजनकी रिपोटर जिल्ला स्याङ्जा बिरुवा गा.पा.३ घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा.८ सभागृह चोक बस्ने वर्ष ३६ की बिना कुमारी थापा माथी आन्दोलन कार्यकर्ताहरुले हातपात तथा कुटपिट गरेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलिले निम्न स्थान बस्ने निम्न ५ जना व्यक्तिहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य अगाडी बढाईएको, दुबै जना घाईतेहरुको अवस्था सामान्य रहेको ।
नियन्त्रणमा रहेका व्यक्तिहरु
१. जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.९ शान्तिबन बस्ने वर्ष ४१ को सुर्य बहादुर नेपाली (ट्याक्सी चालक) ।
२. जिल्ला गोरखा स्थायी घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा.९ पृथ्वीचोक बस्ने बर्ष ३३ को बुद्धि बहादुर बयलकोटी (मजदुर) ।
३. जिल्ला कास्की पोखरा म.न.पा.१६ लामाचौर बस्ने बर्ष १६ को प्रशान गुरुङ (बसको सहचालक) ।
४. जिल्ला लम्जुङ सुन्दरबजार न.पा.१ कुन्छा घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा.५ जिरो बस्ने बर्ष २८ को सन्तोष बस्नेत (ट्याक्सी चालक) ।
५. जिल्ला स्याङ्जा आँधिखोला गा.पा.२ पोखराचौर घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा.१७ घारीपाटन बस्ने बर्ष ३५ को टंक बहादुर क्षेत्री ।

You may also like