Home » चोरी तथा डाँका सम्बन्धी कसूरमा ४ जना मानिस पक्राउ

चोरी तथा डाँका सम्बन्धी कसूरमा ४ जना मानिस पक्राउ

by Pokhara City

कास्की
मिति २०८१।०४।०३ गते अं. २०ः३० बजेको समयमा जिल्ला कास्की माछापुच्छ्रे गाउँपालिका वडा नं. १ रुम्जा बस्ने शशीधर काफ्लेको घरमा ४ र ५ जनाको समूहमा मानिसहरु आई धारिलो हतियार देखाई विभिन्न किसिमका सुनका गरगहना (सिक्री १ थान, तिलहरी १ थान, औंठी ३ थान, रिङ ३ जोर, मोवाईल १ थान र नगद रु.१,७३,०००।– समेत गरी अन्दाजी मुल्य रु. १४,०८,०००।– बराबरका धनमाल चोरी भएको भन्ने सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बगर कास्कीबाट प्रहरी टोली खटिई गई प्रारम्भिक अनुसन्धान पश्चात नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगर कास्कीबाट खटिएको प्रहरी टोलीले घटनामा संलग्न निम्न ४ जना व्यक्तिहरुलाई पक्राउ गरी चोरी तथा डाँका सम्बन्धी मुद्दामा सम्मानित कास्की जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी थप अनुसन्धान प्रकृया अगाडी बढाईएको ।
पक्राउ व्यक्तिहरुको विवरण
一 जिल्ला कास्की माछापुच्छ्रे गा.पा. वडा नं. ४ लाहाचोक बस्ने वर्ष ४२ को सुर्य बहादुर घर्ती क्षेत्री,
– ऐ.ऐ. वडा नं. २ भराभरी बस्ने वर्ष ५१ को खड्क बहादुर पुन मगर,
三। जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. २१ बस्ने वर्ष ५८ को लोक बहादुर राना मगर,
四।ऐ.ऐ. वडा नं. ३ नदिपुर बस्ने वर्ष ३५ को राजु सुनार

You may also like