प्रारम्भिक सूचना
मिति २०८१ – ०४-१६ गते अन्दाजी बिहान ०२ः१० बजेको समयमा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.०६ नारेश्वरचोक स्थित डा. थानेश्वर पहारीको घरमा भाडा लिई सुजन गहतराजले मुक्तिनाथ सपिङ्ग सेन्टर प्रा।लि। ९प्रबित्रा अधिकारीको नाममा रहेको संचालन गरेको सो पसलमा अचानक आगो लागी भन्ने सुचना प्राप्त ।
प्रहरी परिचालन र कारवाहीको विवरण
वडा प्रहरी कार्यालय वैदाम कास्कीका प्रमुख प्र।ना।उ। सन्तोष निरौलाको कमाण्डको प्रहरी कर्मचारीहरु, पोखरा महानगरपालिकाको दमकल, सशस्त्र प्रहरी वल नेपालका सुरक्षाकर्मी र स्थानिय मानिसहरु समेतको संयुक्त प्रयासमा बिहान ३ः०५ बजे पूर्ण रुपमा आगो नियन्त्रणमा आएको ।
पक्राउ व्यक्तिहरुको विवरण
१. नामथरः सुजन गहतराज
उमेर स् ३६ वर्ष
ठेगानाः जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं।१७ ड्यामसाईड
२. नामथरः पवन नेपाल
उमेर – ४३ वर्ष
ठेगानाः जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.१७ बिरौटा
अनुसन्धानबाट खुल्न आएका तथ्यहरू
सुजन गहतराजले मैले नयाँ ईनभटर जडान गरेको थिए, सोही ईनभटरको वाईरिङवाट सर्ट भई आगो लागेको हो । मैले पसलको विमा गराएको छैन भन्ने कुरा निजले प्रारम्भिक बयानको क्रममा वताएको ।
अनुसन्धानको क्रममा इन्भर्टर सप्लाई गर्ने व्यक्तिसंग वुझ्दा ईनभटरबाट आगो लाग्दैन, बरु जोड्ने क्रममा बिग्रन सक्छ भन्ने जवाफ प्राप्त ।
बिधुत प्राधिकरणसंग वुझ्दा बिधुतबाट कुनै कैफियत नरहेको भन्ने जवाफ प्राप्त भएको ।
थप अनुसन्धानको क्रममा मिति २०२४।०३।१५ गते हिमालयन एभरेष्ट ईनसुरेन्स लिमिटेड पोखरा न्युरोडबाट उक्त पसलको ईन्सुरेन्स गरेको र मिति २०८१।०४।१७ गते बिमा दावीको लागि हिमालयन एभरेष्ट ईनसुरेन्स लिमिटेडमा निबेदन पेश गरेको देखियो ।
निज पसल संचालक सुजन गहतराजले मिति २०८१ र ०४ र १७ गते मैले संचालन गरेको मुक्तिनाथ सपिङ्ग सेन्टरमा के कसरी आगो लागेको भनी थप अनुसन्धान गर्न वडा प्रहरी कार्यालयमा निबेदन प्राप्त ।
अनुसन्धानको क्रममा हिमालयन एभरेष्ट ईन्सुरेन्स लिमिटेड पोखरा न्युरोड शाखामा पसल संचालकले २ करोड १० लाख बराबरको ईन्सुरेन्स गरेको भन्ने जवाफ प्राप्त ।
पक्राउ परेका व्यक्तिहरुवाट घटनाका सम्बन्धमा खुल्न आएको विवरण
पुर्व योजना भएको हुदाँ सुजन गहतराजको घरबाट गाडीमा स्प्रिटको ग्यालेन समेत राखेको हुन्छन । पुर्व निर्धारित योजना बमोजिम रातको अं २३ः०० बजेको समयमा संचालक सुजन गहतराजले उनको साथी पवन नेपाललाई बोलाउन्छन र उनिहरुको भेट ड्यामसाईडको फेवा झिर रेष्टुरेण्टमा हुन्छ । त्यहा उनिहरुले ५ वटा बियर पिउछन ।
योजन मुताविक संचालक र आगो लगाउने उनको सहयोगी पवन नेपालले पानी परेको दिन सबै सुत्छन मानिसको चलपल हुदैन त्यही बेला पसलमा आगो लगाउने सरसल्लाह हुन्छ ।
पसल संचालकको पसल खासै धेरै नचलेको र सामान ठुलो मात्रामा स्टक भएको र घरधनी समेतसंग भाडा लगायतका कुरामा विवाद रहेको ।
नियन्त्रण पश्चात निजहरू सँग सोधपुछ गर्दा सुजन गहतराजले बिमाको रकमको लागी आफुले संचालन गरेको मुक्तिनाथ सपिङ् सेन्टर पवन नेपालसंग मिलि योजना बनाई गरेको साविति भनाई र पवन नेपाल संग प्रारम्भिक सोधपुछ गर्दा गत वर्ष पवन नेपालले संचालन गरेको पश्चिमाञ्चल एकिकृत कृषि केन्द्रबाट संचालित सफल पोल्ट्रि फार्ममा आगो लागेकोले उक्त आगोलागीबाट निजले ईन्सुरेन्स कम्पनीबाट अन्दाजी रु.३१,०००००।–(अक्षेरूपि एक तीस लाख) रूपैया लिएको भनेपछि सुजन गहतराज सो कुराबाट प्रभावित भई योजना बनाएको देखिन्छ ।
योजना मुताविक पसलमा सुजन गहतराजले चलाउने गरेको ग ३ च ६२६६ नम्बरको गाडीमा पवन नेपाल सहित गई सुजन गहतराज र पवन नेपाल सपिङ सेन्टर भित्र बाहिर गरिरहेको, निजहरू दुवैजना १० र १५ मिनेट भित्र बसी बाहिर निस्की सुजन गहतराजले सटर लगाइ आफु हतार(हतार गरी ग ३ च ६२६६ नम्बरको गाडी चढी तत्काल गाडी स्टार्ड गरी तालबाराही स्कुल तर्फ लागेको तर पवन नेपाल पसलको वाहिरपट्टी वसेको ।
निजले गाडी लिई हिडेको अन्दाजी १र२ सेकेण्डमा नै बाहिर उभिएर बसीरहेका पवन नेपालले सलाई बालि एक्कासी आगो सल्काई सोही गाडीको पछी(पछी अन्दाजी ३० / ४० मिटर अगाडी लागेको ।
कानूनी कारवाही
निजहरु दुबैजनालाई आपराधिक उपद्रव गर्न नहुने शिर्षकमा मुद्दा दर्ता गरी सम्मानित कास्की जिल्ला अदालतवाट ७ दिन म्याद थप भई अनुसन्धान भइरहेको ।
आपराधिक पृष्ठभुमी
पक्राउ परेका मध्ये मुख्य योजनाकार सुजन गहतराज मिति २०७२ र ०४ र २५ गते जिल्ला प्रहरी कार्यालय कास्कीमा जुवा मुद्दामा पक्राउ परेको ।
पक्राउ परेका पवन नेपाल हाल सम्म यो बाहेक अन्य मुद्दामा पक्राउ परेको विवरण नदेखिएको ।
