Home » प्रहरीको CID हुँ भनी सर्वसाधरणलाई दुखहैरानी दिने २ जना पक्राउ

प्रहरीको CID हुँ भनी सर्वसाधरणलाई दुखहैरानी दिने २ जना पक्राउ

by Pokhara City

पोखरा
मिति २०८१।०४।२७ गते दिउँसो अ.१५:३० बजेको समयमा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.०२ बाग्लुङ बसपार्क स्थित सार्वजनिक स्थानमा २ जना मानिसहरुले हामी सादा पोशाकका प्रहरी CID हौं भनि सर्वसाधारण नागरिकहरुलाई दुख हैरानी दिई शरीरको तलासी लिई चेकजाँच समेत गर्ने, पैसा असुल गर्ने तथा कानूनी दायरामा ल्याउने भनि डर त्रास देखाई अभद्र व्यवहार गरेको भन्ने सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बगर कास्कीबाट खटिएको प्रहरी टोलिले उल्लेखित कार्य गरी रहेका जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.१७ छोरेपाटन बस्ने वर्ष ३२ को सन्दिप श्रेष्ठ र ऐ.वडा नं. ७ माछापुच्छ्रे टोल बस्ने वर्ष २६ का सरोज थापालाई प्रारम्भिक सोधपुछ गर्ने क्रममा प्रहरी कर्मचारीहरु माथि समेत अभद्र व्यवहार गरेकोले निजहरुलाई नियन्त्रणमा लिई जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक, हित, स्वास्थय, सुरक्षा, सुविधा र नैतिकता विरुद्दको कसूर अन्तर्गत अभद्र व्यवहार मुद्दामा दश दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यलय कास्कीले जनाएको छ ।

You may also like