पोखरा
माउन्ट अन्नपूर्ण मा वि नदीपुरमा कक्षा ११ र १२मा अध्ययनरत विद्यार्थीहरुको बिचमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। विद्यालयका साहित्य कला र सङ्गीत क्लबका अध्यक्ष छात्र डेविड दुतराजको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा वक्तृत्वकलाको महत्वमाथि प्रकास पार्दै अतिरिक्त क्रियाकलाप विभागीय प्रमुख तेज गुरुङले मानवजीवनमा बिचार सम्प्रेषणको प्रमुख माध्यम बोली भएकोले विद्यार्थीमा प्रतियोगितामा मात्र नभएर सबै ठाउँमा आफ्ना भनाइ प्रभावकारी रुपमा राख्न सक्ने क्षमताको विकास हुन अत्यन्त जरुरी भएको बिचार राख्नुभयो।
अङ्ग्रेजी र नेपाली दुवै भाषामा आयोजना गरिएको कार्यक्रममा अङ्ग्रेजी तर्फ सरिस राना,सुरक्षा सेरपुर्जा,क्यारोल गुरुङले,क्रमश: प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरे भने शान्ति गुरुङ र सुप्रिया गुरुङले सान्तवना स्थान हासिल गरेका थिए। नेपालीतर्फ पूर्णिमा गुरुङ,मिलन श्रेष्ठ शुस्मिता छन्त्याल, सरिस रानाले क्रमशः प्रथम, द्वितीय,तृतीय र सान्तवना स्थान हासिल गरेका थिए।
विद्यालयका सामाजिक शिक्षक द्वय हेम सुवेदी र ऋषि खतिवडा साथै नेपाली शिक्षक नारायण बरालले नेपाली तर्फ निर्णायकको भूमिका निभाउनुभएको थियो भने अङ्ग्रेजी तर्फ कक्षा ११,१२का संयोजक कृष्ण लम्साल र अङ्गेजी शिक्षक अनिल पराजुलीले निर्णायक को भूमिका निर्वाह गर्नुभएको थियो। हिसान कास्कीद्वारा आयोजित नेपाली निबन्ध लेखन प्रतियोगितामा सान्तवना स्थान हासिल गरेकी छात्रा पूर्णिमा गुरुङलाई पनि उक्त कार्यक्रममा विद्यालयका शैक्षिक निर्देशक अशोक शाहीले सम्मान गर्नुभएको थियो। वक्तृत्वकला प्रतियोगिताका संयोजन सामाजिक विभाग प्रमुख भरत गुरुङले गर्नु भएको थियो भने कार्यक्रममा पुरस्कृत भाइबहिनीलाई बधाई दिँदै कार्यक्रम सफल बनाउनका लागि सहयोग गर्नुहुने सम्पूर्णमा विद्यालयका प्राचार्य सइन्द्रराज श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुभयो।