पोखरा
मिति २०८१।०५।२६ गते अन्दाजी १५:३० बजेको समयमा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.१९ लामाचौर स्थितमा लागू औषध कारोबार भई रहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बगर कास्की र लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलिले जिल्ला कास्की पोखरा माहानगरपालिका वडा नं.१९ लामाचौर जिमिरे बस्ने बर्ष २८ की सन्तु घर्ति मगरको घरकोठा खानतलासी गर्दा निजले लुकाई छिपाई राखेको लागू औषध बुप्रिनर्फिन १२७ एम्पुल, डाईजापाम १२७ एम्पुल, फेनरागन १२७ एम्पुल गरी जम्मा ३८१ (तिन सय एकासी) एम्पुल र नाइट्रोभ्याट १० लेखेको ८ चक्की बरामद भएको हुँदा निजलाई नियन्त्रणमा लिई सम्मानित कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा दिन दश ९१०० म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको ।