पोखरा

प्रादेशिक क्रिकेट संघ गण्डकीको तेस्रो वार्षिक साधारण सभा पोखरामा सम्पन्न भएको छ । उक्त साधारण सभाको एक कार्यक्रमका बिच प्रदेश सरकारका सामाजिक विकास, यूवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले गरेका छन् । सो अवसरमा बोल्दै मन्त्री थापाले पछिल्लो समयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा क्रिकेटमा बढेको क्रेजका कारण प्रदेशमा समेत यसको विकास र प्रवर्द्धनका लागि सरकार प्रतिवद्ध रहेको जनाएका छन् । उनले भने–“अहिले क्रिकेटमा क्रेज बढेको छ । क्रेज संगै व्यवसायिक क्रिकेट अहिलेको महत्वपूर्ण विषय हो । हामी तीनै तहका सरकार मिलेर क्रिकेटको विकास अघि बढाउनु पर्छ भन्ने हाम्रो भनाई हो ।”

गण्डकी प्रदेश सरकार जहिले पनि खेलकुद विकास र खेलाडीहरुको आत्मबल बढाउने कार्यमा सक्रियता पूर्वक अघि बढेको बताउँदै मन्त्री थापाले भने–“सिमित स्रोत र साधनका बावजुद अहिले यहाँहरुले जसरी खेलको विकास गर्नु भएको छ । त्यो निकैं महत्वपूर्ण विषय हो । गण्डकी प्रदेश सरकार यसको प्रशंसा गर्न चाहन्छ ।”

गण्डकीलाई क्रिकेट हवको रुपमा विकास गर्न गण्डकी प्रदेश सरकार अघि बढेको बताउँदै अन्तर्राष्ट्रिय र प्रदेस्तरका खेल मैदान निर्माण प्रक्रिया अघि बढाउन समेत प्रदेश सरकार अघि बढेको बताउद्यै मन्त्री थापाले पोखरामा हुने खेलकुद गतिविधिले पोखरालाई खेलकुदको हव बनाउन र खेलकुदको माध्यमबाट प्रयटन प्रवर्द्धनमा समेत अहम भूमिका खेल्ने बताउँदे त्यसतर्फ प्रदेश सरकारले ध्यान दिने उल्लेख गरे ।

कार्यक्रममा आफ्ना भनाई राख्दै प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिब श्रीधर शर्माले सन २०२७ मा नेपालमा हुने यू–१९ क्रिकेटका खेलहरु पोखरामा हुने गरी सो अनुरुपा खेल मैदान निर्माण अघि बढाउने विषयमा ध्यान केन्द्रित गरिएको बताए । उनले भने–“अन्तर्राष्ट्रिय क्रिकेटको नियम अनुसार कहाँ र कसरी कुन–कुन मैदान निर्माण गर्ने संगै अन्तर्राष्ट्रियस्तरकै खेल मैदान निर्माणका लागि जग्गा प्राप्ती गर्न सरकारले अध्ययन टोली गठन गरी प्रक्रिया अघि बढाएको छ ।”

प्रदेश खेलकुद परिषदले खेलाडीहरुको क्षमता बढाउन र प्रतिस्पर्धी बनाउनेका लागि खेल्छ गण्डकी कार्यक्रम मार्फत योजनावद्ध रुपमा अघि बढाएकोले महत्वपूर्ण प्रतिफल हाुिसल गरेको जनाउँदै सदस्य सचिब शर्माले महिला क्रिकेट खेलाडीहरुको उत्पादनका लागि समेत संघ संग सहकार्य गर्दै परिषद अघि बढेको बताए । उनले खेलकुदको क्षेत्रलाई सुशासन ल्याउन सकेमा मात्रै खेल क्षेत्रको विकास अघि बढने बताउँदै भने–“खेलकुदमा सुशासन महत्वपूर्ण विषय हो । संघहरुमा आर्थिक पारदर्शित र जवाफदेहिता आवश्यक्ता छ । संघहरु खेलकुद निति अनुसार बढ्न आवश्यक छ । परिषद प्रशासक र शाषक होइन । तर हामी खेलकुद क्षेत्रलाई सुशासनतर्फ अघि बढाउन अनुगमन गछौंं ।”

क्रिकेटले नेपाली खेलकुदमा दिशा निर्देश संगै क्रिकेटको विकासका लागि गतिशिल रुपमा अघि बढेको बताउँदै सदस्य सचिब शर्माले अधिवेशन र साधारण सभा नगर्ने संस्थाहरुलाई लेटरप्याड र छापको प्रयोगमा समेत निषेध गरिने बताए ।

त्यस्तै राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङले गण्डकीको क्रिकेटको विकास र पोखरा रंगशालास्थित क्रिकेट खेल मैदानको स्त्तरोन्नतीका लागि आफ्नो पहल रहने जनाए ।

यसै गरी नेपाल क्रिकेृट संघका केन्द्रिय सदस्य सुदिप शर्माले क्रिकेटको विकास संगै व्यवसायीकरण आवश्यक रहेको औंल्याउँदै पोखरालाई स्पोर्टस टुरिजमको रुपमा अघि बढाउन क्रिकेटको भूमिका प्रमुख रहने दावी गरे । उनले भने–“क्रिकेटमा काठमाण्डौ पनि दोस्रो भेन्यूको रुपमा पोखरा रहेको छ । तर क्रिकेटले खोजे जस्तो पूर्वाघार यहाँ छैन । अव त्यो अवधारणामा यहाँको क्रिकेट पूर्वाधारको विकास आवश्यक छ ।” उनले सातै प्रदेशमा गण्डकी प्रादेशिक क्रिकेट संघ अव्वल रुपमा अघि बढेको बताउँदै प्रशंसा समेत गरे ।

प्रादेशिक क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष सिग्देलले आगामी कार्यक्रमका बारेमा जानकारी दिंदै खेलाडी उत्पादन र खेल पूर्वाधार मुख्य लक्ष्य भएको बताए ।

सो अवसरमा गण्डकीबाट एसिसी यू–१९ सहभागि नेपाली टिमका खेलाडी मध्ये अर्जुन कुमाल, सुवास भण्डारी, दिपक डुम्रे र गण्डकी टिमका कप्तान नेपाली ए टिमका सदस्य समेत रहेका विपिन खत्रीलई नगद १० हजारसहित सम्मान गरिएको थियो । सोही कार्यक्रममा चितवनमा सम्पन्न मैयाँ देवी कप यू–१९ क्रिकेटमा उपिविजेता बन्न सफल टिमलाई नगद ८० हजार र बागमती कपमा सफलता हासिल गर्ने टिमका सदस्य, प्रशिक्षक, टिम म्यानेजर तथा बन्द प्रशिक्षणमा रहेका खेलाडीहरुलाई समेत नगद सहित सम्मान गरिएको थियो ।

सोही अवसरमा आइसिसी  लेभल २ प्रशिक्षक उर्तिण हुन सफल रिजन प्रजु, नेपालकै पहिलो महिला अम्पायर सोनिका थापा, कार्यालय सचिव बिजय राउतलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रादेशिक क्रिकेट संघका सचिव सुमनराज कार्कीले संस्थाको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष दिवाकर थापाले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।

You may also like