Home » इनर ह्वील अफ अन्नपूर्ण क्लबद्वारा पोषाक तथा स्टेसनरी सामग्री वितरण

इनर ह्वील अफ अन्नपूर्ण क्लबद्वारा पोषाक तथा स्टेसनरी सामग्री वितरण

by Pokhara City

पोखरा महा नगर पालिका वडा नम्बर १८ सराङकोटमा अवस्थित सृजना आधारभूत विद्यालयका कक्षा १ देखि कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीहरुलाई इनर ह्वील क्लब अफ अन्नपूर्णले विद्यालयको पोषाक तथा स्टेसनरी सामग्री वितरण गरेको छ। क्लबका अध्यक्ष रेनु श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश गिरी तथा प्रधानाध्यापक अनिता सुवेदी विशेष अतिथिका रूपमा उपस्थित हुनुभएको थियो। कार्यक्रम क्लबका सहसचिव सम्झना तिमिल्सिनाको संयोजकत्वमा सम्पन्न भएको थियो। विद्यालय व्यवस्थापन समितिका अध्यक्षले विशेष अतिथिका रूपमा विचार राख्दै यस सृजना आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको घरको आर्थिक स्थिति अत्यन्तै कमजोर भएकाले विद्यार्थीको अध्ययनमा निकै धक्का पुगिरहेको आजको समयमा सहयोगी हात लिएर आउने इनर ह्वीललाई हृदयदेखि स्वागत गर्दै धेरै धन्यवाद पनि दिनुभयो। कार्यक्रम २०८१/८/२८गते विद्यालयको प्राङ्गणमा सम्पन्न भएको थियो।

You may also like