Home » धारिलो हतियार देखाई सुनका गरगहना चोरी गरी फरार रहेका ३ जना मानिसहरु पक्राउ

धारिलो हतियार देखाई सुनका गरगहना चोरी गरी फरार रहेका ३ जना मानिसहरु पक्राउ

by Pokhara City

पोखरा
मिति २०८१।०८।२३ गते राति अन्दाजी १२ बजेको समयमा जिल्ला कास्की पोखरा महानगरपालिका वडा न.३१ बेगनास गैह्राघर बस्ने वर्ष ७९ का वेदुनाथ अधिकारीको घरमा ३ जना नकावधारी मानिसहरुले धारिलो हतियार खुकुरी देखाई निजको श्रीमतीलाई कुटपिट तथा लछारपछार गरी निजले लगाएका सुनका गरगहना औंठी १ थान र कानमा लगाएका रिङ २ थान चोरी गरी फरार रहेको भन्ने सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय शिसुवा कास्कीबाट खटिएको प्रहरी टोलीले अनुसन्धान तथा खोजतलास गर्दै जाँदा उक्त घटनामा संलग्न जिल्ला तनहुँ रिसिंङ गा.पा. वडा नं. २ काउँशिवपुर स्थायी घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.१५ रामबजार बस्ने वर्ष ३७ को मोहन भन्ने मधु सिंङ थापा मगर, जिल्ला बाग्लुङ बाङ्गादोबान गा.पा. ३ तमान स्थायी घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. ६ लेकसाईड बस्ने वर्ष ३८ को प्रकाश थापा र जिल्ला रोल्पा थवाङ गा.पा. वडा नं. ३ स्थायी घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. ५ मालेपाटन बस्ने वर्ष ३२ को गोपाल नेपालीलाई उक्त घटनामा प्रयोग भएका २ थान खुकुरी सहित मिति २०८१।०९।०४ गते पक्राउ गरी सम्मानित कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी कसूरमा दिन पाँच ९५० म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको।

You may also like