Home » माउन्ट अन्नपूर्ण मा. वि. मा वार्षिक खेलकुद प्रतियोगिता सम्पन्न

माउन्ट अन्नपूर्ण मा. वि. मा वार्षिक खेलकुद प्रतियोगिता सम्पन्न

by Pokhara City

पोखरा

पोखरा ३ नदीपुर स्थित शैक्षिक क्षेत्रमा लामो इतिहास बोकेको साथै खेलकुदमा पनि प्रदेश र राष्ट्रियस्तरका प्रतियोगितामा आफ्नो बलियो उपस्थिति जनाउदै आएको माउन्ट अन्नपूर्ण मा. विमा वार्षिक खेलकुद प्रतियोगिता सम्पन्न भएको छ। कक्षा ३ देखि कक्षा १० सम्मका विद्यार्थीबिच सम्पन्न उक्त कार्यक्रममा कक्षा ३,४,५ बिच छुट्टै र कक्षा ६ देखि १०लाई छुट्टै समूहमा विभाजन गरी चार सदनबिच प्रतिस्पर्धा गराइएको थियो। बास्केटबल, भलिबल, हेन्डबल, सटफुका साथै एथलेटिक्सका इभेन्ट पनि समावेश उक्त कार्यक्रममा निलो सदन च्याम्पियन बनेको थियो भने हरियो र रातो सदन क्रमशः द्वितीय स्थान हासिल गरेका थिए।

तीन दिनसम्म आयोजना गरिएको कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष,तथा विद्यालयका अतिरिक्त क्रियाकलाप निर्देशक तेजबहादुर गुरुङले मानव जीवनमा खेलको महत्त्व बारे प्रकाश पार्दै खेल जित्नका लागि मात्रै नखेलेर मनोरञ्जन लिने र समूहमा मिलेर काम गर्दा हुने फाइदाका विषयमा ज्ञान लिन पनि विद्यार्थीलाई सल्लाह दिनुभयो।

विद्यालयका प्राचार्य सइन्द्रराज श्रेष्ठले विद्यार्थीहरुले आआफ्नो सदनको प्रतिनिधित्व गर्दै अनुशासनपूर्वक खेल प्रदर्शन गरेकोमा आफूलाई खुशी लागेको बिचार राख्दै कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने खेलकुद शिक्षक एन्जल पुन, सम्पूर्ण शिक्षक, कर्मचारी लगायत प्लस टु तर्फ स्पोर्ट क्लबका अध्यक्ष . सृष्टि थापा,सचिव सिजन नेपाली सदस्य अङ्कित गुरुङ र प्रथम श्रेष्ठलाई विशेष धन्यवाद दिनुभयो।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एस. पि. प्रधानाङ्गले हारजित खेलमा सामान्य कुरा भएको र प्रतियोगितामा भाग लिनु नै प्रमुख विषय भएको धारणा राख्दै धेरै भाइबहिनीले उत्साहपूर्वक भाग लिएकोमा खुशी व्यक्त गर्नुभयो। विद्यालयका शैक्षिक निर्देशक अशोक शाहीले खेलले साना भाइबहिनीको शारीरिक तथा मानसिक विकासमा टेवा पुर्याउने बिचार व्यक्त गर्नुभयो।सम्पूर्ण कार्यक्रमको संयोजन विद्यालयका शैक्षिक प्रमुख महादेव भण्डारीले गर्नुभएको थियो।

You may also like