Home » फूलवारी कलव द्वारा निशुल्क आँखा तथा दन्त परिक्षण कार्यक्रम सम्पन्न

फूलवारी कलव द्वारा निशुल्क आँखा तथा दन्त परिक्षण कार्यक्रम सम्पन्न

by Pokhara City

पोखरा
फूलवारी कलव पोखरा ११ ले पौष २६ , २७ ,र २८ गरी ३ दिने “ निशुल्क आँखा शल्यक्रिया शिविर तथा निशुल्क दन्त परिक्षण कार्यक्रमको आयोजना गरेको छ । स्वास्थ्य शिविर उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा ११ का वडा अध्यक्ष प्रेम प्रसाद कर्माचार्यले फूलवारी कलवले गर्ने गरेका सामाजीक कार्यको प्रशंसा गरेका थिए ।

श्रीकृष्ण नेत्रालय प्रा. ली.का वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. अमृत वास्तोलाले आफु फूलवारी कलवको आजीवन सदस्य पनि रहेको र आफु जन्मेको हुर्केको ठाँउमा आएर सेवा गर्न पाँउदा आनन्दीत भएको बताएका थिए ।

दृष्टी आँखा हस्पीटल नया बजारका चेयरमेन शिवजी घिमिरेले फूलवारी क्लवसँग दृष्टी हस्पीटल सहकार्य गरी फूलवारी क्षेत्रका वासिन्दाको स्वास्थ्य उपचारगर्न तयार रहेको साथै शिविरमा शल्यक्रिया गर्नुपर्ने देखिएपनि विविध कारणले शल्यक्रिया हुन नसकेको विरामीहरुको पूmलवारी कलवको शिफारिसमा निशुल्क शल्यक्रिया गरिदिने वताएका थिए ।

उक्त शिविरमा ४०० जना महानुभावहरुले निशुल्क आफ्नो आँखा तथा दाँत परिक्षण गराउनु भएको थियो भने २२ जना मोतिया विन्दु र ८ जना आँखामा मासु पलाएको विरामीको गरी जम्मा ३० जनाको निशुल्क शल्यक्रिया गरिएको थियो । शिविरलाई सफल बनाउन श्रीकृष्ण नेत्रालय भैरहवाले प्राविधिक सहयोग , दृष्टी अाँखा अस्पताल नयाबजारले निशुल्क शल्यक्रियाका लागी आफ्नो अपरेसन थिएटर र पोखरा ११ निवासी उच्च अदालतका पुर्व न्यायधिश वलभद्र वास्तोलाको श्रीमान श्रमितीको तर्फबाट शल्यक्रिया वापतको शुल्क सहयोग गर्नु भएको थियो ।

क्लवका अध्यक्ष मनोज वास्तोलाको सभापतित्वमा भएको कार्यक्रममा वडा न ११ का वडा अध्यक्ष प्रेम प्रसाद कर्माचार्य , वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. अमृत वास्तोला , कार्यक्रममा सहयोगी उच्च अदालतका पुर्व न्यायधिश वलभद्र वास्तोला , दृष्टि आँखा अस्पतालका शिवजी घिमिरे, क्लवका पुर्व अध्यक्ष एवं सल्लाहकार माधव प्रसाद वास्तोला ‘मधु’ लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम सचिव यूवराज वास्तोला ‘गान्धी’ ले सञ्चालन गरेका थिए भने कार्यक्रम संयोजक एवं क्लवका उपाध्यक्ष जर्नादन वास्तोलाले स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रमका सहयोगीहरुलाई फूलवारी कलवको तर्फबाट मायाको चिनो र प्रशंसा पत्र प्रदान गरिएको थियो ।

You may also like