Home » लागू औषध सहित १ जना मानिस पक्राउ

लागू औषध सहित १ जना मानिस पक्राउ

by Pokhara City

पोखरा
मिति २०८१।१०।०२ गते अं. १८ः३० बजेको समयमा जिल्ला प्रहरी कार्यालय कास्की र लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.८ आलु माईला चोक स्थितमा लागू औषधको कारोवार गरी रहेको भन्ने सूचनाको आधारमा चेकजाँच गर्दैजाँदा जिल्ला कास्की माछापुच्छ्रे गा.पा.८ स्थायी घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा. २५ बस्ने वर्ष २७ को रामचन्द्र सुवेदीले चलाई ल्याएको ग १३ प ४१५४ नम्बरको स्कुटर रोकी चेकजाँच गर्दा उक्त स्कुटरमा लुकाई छिपाई राखेको Tapentadol Tablets–100mg लेखिएको ४०० चक्की फेला परेको र निजलाई सोधपुछ गरी अनुसन्धान गर्दै जाँदा निजको घरकोठाबाट २ वटा कार्टुन र १ वटा जेब्रा झोलामा लुकाई छिपाई राखेको Tentadol-100mg लेखिएको लागू औषध १७,७८० चक्की र निजले नै पोखरा म।न।पा। ४ रामकृष्ण टोल स्थित रहेको कोठामा राखेको Tentadol-100mg लेखेको लागू औषध २०० चक्की र Tramol-50mg लेखिएको लागू औषध ४६० चक्की गरी जम्मा कुल १८,८४० चक्की लागू औषध बरामद भएको हुँदा निजलाई नियन्त्रणमा लिई सम्मानित कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा सात दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको जनाएको छ।

You may also like